यथार्थतामा आधारित ‘द ब्ल्याक भ्वाइस’

काठमाडौ । बबरमहलस्थित नेपाल कला परिषद्मा युवा कलाकार हरिओम मेहताको यथार्थतामा आधारित ‘द ब्ल्याक भ्वाइस’ शीर्षकको चित्रकला प्रदर्शनी आजदेखि सुरु भएको छ ।

उक्त प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति राघिनी उपाध्यायले कलाकार मेहताले शान्ति, सद्भाव, राष्ट्रिय एकता र द्वन्द्वलगायतका विषयवस्तुलाई आफ्नो कलाकृतिमा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

उनले यस कलाले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत कलाकारको आफ्नो पहिचान स्थापित गर्न मद्दत गर्ने विचार व्यक्त गरिन् ।

मिथिलायन आर्ट ग्यालरीका प्रमुख श्यामसुन्दर यादवले युवा कलाकार मेहताले शान्तिको प्रतीक, विगतको द्वन्द्वकाल, भूकम्पबाट प्रभावित विषयवस्तुलाई चित्रमार्फत प्रस्तुत गर्दै आफ्नो सिर्जनशीलताको परिचय दिएको बताए।

कलाकार मेहताले प्रदर्शनीमा राखिएका चित्रले देशको अवस्थालाई प्रष्ट्याएको बताउँदै उनले नेपालमा भूकम्प गएपछि भएको भयावह अवस्थाबाट आफूलाई यथार्थमा आधारित चित्र कोर्ने प्रेरणा मिलेको बताए ।

नेपालमाथि भारतको नाकाबन्दीको असर, मधेस आन्दोलन, शान्तिका प्रतीक बुद्ध, भूकम्पको असरलाई चित्रमा देख्न सकिन्छ । मिथिलायन आर्ट ग्यालरीको आयोजनामा भएको उक्त प्रदर्शनी एक हप्तासम्म चल्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice