लोकमानसँग गोविन्द केसी किन भएछन ‘फायर’ ?

सबै शक्तिवालाहरुको पछाडि लोकमान कार्की लागिरहेकै समयमा नेपाली राजनीतिमा रोमाञ्चक दृश्य देखा परेको छ । लोकमान सिंह कार्कीकै विरुद्ध एक जना व्यक्ति उभिएका छन ।   यसरी लोकमान कार्कीको विरुद्ध उभिने पात्र अरु कोही नभए एक जना अनसनकारी डाक्टर हुन ।

चिकित्सक  गोविन्द केसी अख्तियार प्रमुख लोकमान सिंह कार्कीको ज्यादती विरुद्ध फेरि एक पटक अनसन सुरु गर्ने  उद्घोष गरेकाछन ।   लोकमान सिंह कार्कीविरुद्व महाअभियोग लगाइनु पर्ने समेत उनले माग गरेकाछन ।

आइतबार त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै केसीले भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने कार्की आफैं भ्रष्टाचारमा लिप्त भएको भन्दै तत्काल संसदले उनीविरुद्व महाभियोगको प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका हुन ।

यस्तै उनले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको आर्थिक भार सरकारले बेहोर्नुपर्ने, सबै प्रदेशमा एउटा सरकारी मेडिकल कलेजको स्थापना गरिनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल , डेन्टल र नसिंङमा नयाँ सम्बन्ध नदिनेलगायतका व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

आफ्नो र आफन्तको व्यापारिक स्वार्थका लागि लोकमानले काठमाडौं विश्वविद्यालयको मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेर भ्रष्टहरुलाई संरक्षण गरेको र अरु जिम्मेवारी पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा समेत गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर प्रवेश परीक्षामा हस्तक्षेप गरेको केसीको आरोप छ ।
उनले आफ्नो माग पूरा नभए आगामी असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा समेत गरेका छन् ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice