राज्यमन्त्रीको दबाब, हाकिम सा ब लाई तनाव !

भूमिसुधार तथा ब्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले गैरकानुनी रुपमा क्षेत्रफल बढाएर जग्गाको नक्सांकन गर्न दबाब दिएका छन् । राज्यमन्त्री थापाले डिल्लीबजार नापी कार्यालयका प्रमुख मग्नु दत्तलाई काठमाडौं गोंगबुको सिट नम्बर १०२–०९०५–२२ को कित्ता नम्बर ४८४, क्षेत्रफल ४१०.५० वर्गमिटर जग्गा ४९० वर्गमिटर भन्दा बढी थप गरी हालसाविक(अद्यावधिक) गर्न चर्को दबाब दिंदै आएका छन् ।

 करुणा समाज नामक चर्चको नाममा रहेको जग्गा अस्वभाविक रुपमा घटाएर विश्वम्भर बाँनियाको नाममा १६ आना घुसाएर हालसाविक गर्न राज्यमन्त्री थापाले दबाब दिएका छन् । बानिँयासँग आनाको ३ लाख रुँपैंयाका दरले घुस लिएर राज्यमन्त्री थापाले चर्चको १६ आना जग्गा बानिय“ाको जग्गामा घुसाएर हालसाविक गर्न दबाब दिएको चर्चा भूमिसुधार मन्त्रालयमा हुने गरेको छ । राज्यमन्त्री थापाले दैनिक दबाब दिन थालेपछि नापी कार्यालय डिल्लीबजारका प्रमुख मग्नु दत्त आजित भएका छन् । उनी बरु काजफिर्ता भएर काभ्रे नै जाने तर कुनै हालतमा उक्त जग्गा हालसाविक गरी अख्तियारको फन्दामा नपर्ने पक्षमा रहेको बुझिएको छ । बाँनियासँग अग्रिम घुस लिइसकेका राज्यमन्त्री थापा नापी कार्यालयका प्रमुख दत्तले नमानेपछि कमल थापालाई नै गुहारेर भए पनि उक्त जग्गा हालसाविक गर्ने दाउमा छन् । अघिल्ला नापी प्रमुख नारायण रेग्मी पनि यो जग्गा हालसाविक गर्न नमानेकै कारण २ बर्ष नपुगी भूमि प्रशिक्षण केन्द्रमा सरुवा भएका थिए ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख पद्मनिधि सोतीले करिब १३ आना जग्गामा १६ आना थप गरी दर्ता गर्न सहमति जनाइसकेका छन् । काजमा रहेका सोतीलाई उक्त जग्गा दर्ता गरेबापत दरबन्दी बनाउने आश्वासन दिएकाले उनले सहमति दिएको बुझिएको छ । सोतीविरुद्ध यसअघि ललितपुर मालपोत कार्यालयमा प्रमुख हु“दा गैरकानुनी रुपमा सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा परेको थियो ।

सोतीले विशेष अदालतबाट मुद्दा जिते पनि उनीविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । उनी अहिले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका सोतीलाई भूमिसुधार मन्त्रालयले डिल्लीबजार मालपोत कार्यालय प्रमुखमा पठाएर पुुरस्कृत गरेको छ ।

यो विवादित जग्गा बाँनियाको नाममा कायम गरेपछि राज्यमन्त्री थापाले उनलाई दरबन्दी नै कायम गराउने आश्वासन दिएका छन् । भूमिसुधार मन्त्रालयका एक अधिकारीले भने, नापी कार्यालयले नै गर्नुपर्ने भएकाले गोंगबुको यो जग्गा हालसाविक हुन नसकेको हो । मालपोतबाट मात्र हुने काम भए सोतीले पहिले नै गरिसक्थे ।भूमि ब्यवस्थापन विभाग राज्यमन्त्री थापाले नै हेर्ने जिम्मा पाएका छन् । नापी विभाग सहायकमन्त्री दिनेश श्रेष्ठको जिम्मामा छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice