चन्दा आतंक मच्चाएर काठमाडौंमा घर बनाउने नेविसंघकै नेता मैले देखेको छु

जतिपटक नेविसंघको महाधिबेशन मिति तोकियो, त्यति पटक केही नेविसंघका नेताले चन्दा आतंक मच्चाए । त्यही चन्दा आतंककाबिरुद्ध छन् नेविसंघ अध्यक्षका उम्मेद्धार शुभराम बस्नेत । उनीसँग गरिएको कुराकानी ।

पाँच पटक मिति तोक्दा पनि स्थगित भएको नेविसंघको महाधिबेशन फेरी मिति तोकिएको छ । के यसपटक महाधिबेशन पक्कै होला ?

विगतका दिनहरुमा नेतृत्व इमान्दार नबन्दा मिति तोकिदा पनि अधिबेशन हुन सकेन । जब पार्टीको नेतृत्वमा शेरबहादुर देउवा आउनु भयो त्यसपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले ६ महिना भित्र सम्पूर्ण भातृ संगठनहरुको निर्वाचन गरिसक्ने प्रतिबद्धता जनायो ।
नेविसंघ भित्र अहिले पनि केही समस्याहरु छन् । जुन समस्याहरु विगतका दिनहरुमा पनि थिए । तर ती समस्याहरुको समाधान गर्दे अब महाधिवेशन गर्ने बाटोतिर हामी गएका छौ । विगतका दिनहरुमा नेतृत्व इमान्दारी नबनेका कारण महाधिबेशन हुन सकेको थिएन । तर अहिले पार्टी सभापतिबाटै अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी भइसकेको छ । अब महाधिबेशनका बारेमा टिकाटिप्पनी गरिराख्न जरुरी छैन । महाधिबेशन तोकिएकै मितिमा हुन्छ ।

नेविसंघको माहाधिवेशन हुन नसक्नुको प्रमूख कारण माउ पार्टीका प्रभावशाली नेताहरु कै हात छ भनिन्छ नि ?

हिजो कांग्रेस एउटा भएपनि दुई पार्टीको अस्थित्व जस्तो थियो । जहाँ नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक भनेर आन्तरिकरुपमा दुई खेमामा थिए । पार्टी एकीकरण भएपछि महिला संघ र तरुण दल शेरबहादुर देउवाको भागमा थियो भने नेविसंघ लगायतका संगठनहरु संस्थापन पक्षसँग थियो ।
यहाँभित्र लोभि पापीहरुको एउटा जमात थियो र छ पनि । तिनिहरुका कारण कांग्रेस भात्रृ संगठनका महाधिबेशनहरु हुन सकेका थिएनन् ।  केहि विद्यार्थी नेताहरुले लाभांशको नाममा तल्लो स्तरमा नै गिरेर चन्दा आतंक मच्चाए । बजार र ब्यापारीहरुलाई अति तनाव हुनेगरी चन्दा असुली गर्नाले पनि महाधिवेशन प्रभावित बनेका थिए ।
नेविसंघका देश विदेशमा शाखाहरु छन् । ति शाखाका कार्यक्रममा भाग लिन नेपालबाट जाने र आफैसँग लिएर गएका ब्यक्तिलाई उतै लुकाउने । माटो रकमको आशमा यस्तो धन्दा पनि चल्यो । यसमा पार्टीका भन्दा पनि नेविसंघकै केही नेताका कारण महाधिबेशन प्रभावित हुँदै आएको हो ।

 चन्दा के का लागि,  नेता धनी हुन की निर्वाचन गराउन ?

नेविसंंघ नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने सुन्दर नर्सरी हो । नेविसंघमा कार्यरत विद्यार्थीहरु पार्टीको नेतृत्वमा पुग्ने गर्दछन् । तर यति सुन्दर नर्सरीमा केही लगत बोट पनि पर्ने रहेछन् । विगत केहि समययता व्यक्तिगतरुपमा आयआर्जन गर्ने काममा नेविसंघका नेताहरु सक्रिय हुन थालेका छन् । यो एउटा नेविसंघमा लागेको क्यान्सर हो । नेतृत्वमा रहेका केहीले काठमाडौंको महत्वपूर्ण स्थानमा घर जग्गा जोड्नुले पनि यसको प्रमाण दिन्छ । नेविसंघलाई कमाउ धन्दाको अखडा लिने र व्यवसाय गर्ने गरेको हल्ला मैले पनि सुनेको छु र अनुभुति पनि गरेको छु । अधिवेशन नहुनुमा एउटा चन्दा असुली, दोस्रो विदेशमा गरिने विभिन्न कार्यक्रममा नाममा जम्वो टिम लिने र केहीलाइ उतै छाडेर आउँने, त्यसको बदलामा मोटो रकम असुल्नेहरुको पकडमा नेबिसंघ रह्यो । त्यो पनि घृणित कार्यपनि महाधिबेशनका लागि बाधक बन्यो ।

तपाई साँच्चिकै अध्यक्षको उम्मेद्धार हो की घोषणा मात्रै हो ?

म राजनीतिक पृष्ठभूमिबाट आएको हो । मलाई राजनीतिक गर्नमा मेरो बुवाको ठुलो हात छ । मलाई बुवाले निष्ठाको राजनीति गर्न सिकाउनु भएको छ । त्यसैले गर्दा निष्ठापूर्ण राजनीति त्यो पनि जीवनभर देश र जनताका लागि काम गर्न मेरो मक्सद हो । त्यसैले नेविसंघ भित्रका यावत कमिकमजोरी र चरम लापरवाहीलाई न्यूनिकरण गर्दै स्वच्छ, पारदर्शी र सभ्य नेविसंघ बलाउनका लागि पनि मेरो उम्मेद्धारी हो । ख्याल ठट्टा गर्न मैले उम्मेद्धारी घोषणा गरेको होइन, अध्यक्ष बन्न र सभ्य नेविसंघ बनाउन मेरो उम्मेद्धारी हो ।

तपाइका प्रतिस्पर्धी लामो समय नेविसंघमा विताएका छन् । उनीहरुसँग प्रतिस्पर्धा गर्न सजिलो होला र ?

एकै ठाउँमा लामो समय बस्ने अनि म यहाँको पुरानो पुस्ता हो भन्ने,  त्यो नैतिकताको राजनीति हुँदैन । राजनीति गर्नका लागि पहिला राम्रो भिजन चाहिन्छ । राजनीतिमा स्वच्छ र इमान्दारिता चाहिन्छ । जसका कारण राजनीतिमा सिनियर जुनियर भन्ने हुँदैन । लामो समय एकै ठाउँ बसिरहनु राजनीतिमा असक्षमता हो । उसले आफूमा रहेकोे प्रतिभा देखाउन नसक्नु हो । मतदाता जुन पुस्ताका छन् नेता पनि त्यही पुस्ताको हुनुपर्छ भन्ने मेरो र आम नेविसंघमा  मान्यता छ । त्यसकारण पनि मलाई कुनै डर छैन । मलाइै डर चै के मा छ भने नेताहरुले मरेको विरालोलाई काँधका राखेर जंगार तार्छन् की भन्ने कुरामा छ । त्यसलाई चिर्नका लागि हामी युवा नेतृत्वमा रहेर काम गरेका सबै पक्ष विपक्षमा जति छौ हामी एक ढिक्का भएर यसलाइ चिर्न तयारीमा  छौ ।

तपाई स्ववियु सभापति पनि भई सक्नु भएको छ । त्यस्ता के लोकप्रिय काम गनुभयो ?

2हिजो म स्ववियु सभापति जस्तो सानो परिधि भित्र थिए । जुन परिधि भित्र रहँदा कलेजको दायित्वबाट काम गर्ने मौका पाँए । कलेज भित्रको कुरा गर्दा शंकरदेव नेपालको टप कलेज हो । जहाँ बिबिएसमा नेपाल टप भयो । एमएस पनि राम्रो छ । बिबिए नेपाल कै टप हो । र अर्को के हो भने कलेजको वातावरण देखि लिएर कलेज भित्रका राजनीतिक। शैक्षिक सामाजिक सबै पक्षमा शंकरदेव नमुनाको कलेज बनाएका छौ । म सानो परिधि भित्र रहेर पनि राज्यस्तरका करिव २० वटा कार्यक्रम गरेको छु ।
राष्ट्रिय सभागृहमा १८, प्रज्ञा प्रतिस्ठान र राष्ट्रिय नाच घरमा एउटा कार्यक्रम गरेँ । ११ बर्षसम्म स्ववियू परिषदको अधिबेशन हुन सकेको थिएन । परिषदको जिम्मेवारी पाएको ६ महिनाभित्र अधिबेशन गरी नेतृत्व हस्तान्तरण गरेँ । नेविसंघको अधिबेशन नभइरहेका बेला म जस्तो राजनीतिज्ञलाई ८३ वटा स्ववियू मिलेर बनेको परिषद मेरा लागि उपयोगि हुनसक्थ्यो तर मैले स्वार्थको राजनीति गरिन । इमान्दारीकासाथ अधिबेशन गराएर नेतृत्व हस्तान्तरण गरेँ ।
त्रिभुवन विश्वबिद्यालयको इतिहासमा मैले एउटा नयाँ कार्यक्रम गरेँ । होटल अन्नपूर्णमा इन्टरनेशनल बिजनेश कन्फेरेन्स गरेँ । जहाँ अमेरिकाका टफ फाइप कजेजका सहायक डिनलाई नेपाल निम्त्याए र कार्यक्रममा सहभागि बनाएँ । मेरो त्यो दुई दिने कार्यक्रममा त्रिविका भिसी, रजिष्टार सवै आएर धन्यवाद पनि दिए । जुन कार्यक्रमको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्थ्यो । त्यो कार्यक्रममा त्रिविका उच्च पदस्थहरुले पनि हामीले गर्न नसकेको काम एउटा ब्यक्तिबाट गुर्न भयो भनेर प्रसंसा गर्नुभयो । पछि शेरबहादुर देउवाले यति ठुलो कार्यक्रम रहेछ मलाई थौर तयारी गर्न मौकासम्म दिएनौ भन्नुभयो ।
मेरो यात्रा यतिमै सकिदैन्थो । मैले देशभर जिपी कप भनेर भलिवल प्रतियोगिता गराएँ । नेपाली कांग्रेसका नेताको सम्झनामा शंकरदेव क्याम्पसभित्रबाट मैले सुरु गरेको जिपी कप अभियान अहिले देशब्यापी भएको छ । भलिवलबाट सुरु गरेको थिएँ, अहिले धेरे खेलहरु भइहरेका छन् ।
मैले यो कुरा किन गरेको भने एउटा सानो परिधि एउटा कलेको नेतृत्व मात्र मसँग थियो । स्रोत साधन पनि पर्याप्त मात्रामा थिएन । तरपनि साहसका साथ यी अभियान चलाएँ । म नेविसंघको भावि नेतृत्वका लागि तयार छु र सक्षम छु भन्ने मेरो दावी छ । कहिलेकाँही हामी नेताको घरमा टिकटका लागि पुग्छौ । त्यो बेला म भन्ने गर्दछु, ‘नेविसंघको तीन कार्यकाल काम गरेका साथी र मैले एउटा क्याम्पसबाट गरेका कामको मुल्याङकण गरौ ।’ गतिविध र कामका हिसावले नेतृत्व लिने र दिने कुरा हो । मेरा गतिविधि र काम अरुकाभन्दा कम भए म चुनावमा आउँदिन तर मुल्याङकण गरिदिनुस भनेर नेताहरुलाई भनेको छु ।

शैक्षिक गतिविधि के गर्नु भयो ? जसले आम बिद्यार्थीलाई राहत दियो ?

शैक्षिक हिसावले पनि मेरा गतिविधि अन्यका भन्दा अग्रणी नै छन् । त्रिविले १२ सयप्रतिसत फि बढाउँदा मैले नै विरोध गरेको हुँ । सुलभ शुल्कमा बिद्यार्थीले पढ्न पाउनु पर्दछ, शिक्षा क्षेत्रमा बजेट बढाउनु पर्दछ । शिक्षा नै मुलुकको ताकत हो, रकमका कारण शिक्षाबाट कोही बंचित हुनु हुँदैन भन्ने मेरो तर्क थियो र छ पनि ।
जतिपटक महाधिबेशनका मिति तोकिन्थे, अन्य साथीहरु चन्दा असुल गर्न ब्यापारी कर्मचारीसँग पुग्थे । तर म भने एउटा पढ्न चाहने तर आर्थिक अभावले पढ्न नसकेका बिद्यार्थीलाई पढाई दिन ब्यापारी र कर्मचारीसँग पुग्थे । उहाँहरुलाई कन्भिन्स पनि गरेँ । शंकरदेवभन्दा बाहिर मात्र यस्ता बिद्यार्थीको संख्या २ सय भन्दा बढि छ । शंकरदेवमा मैले बार्षिक २ सय बिद्यार्थी फ्रिमा पढाउने गरेको छु ।
हाम्रा केही साथीहरुले आज मैले चिया र चुरोट छोडेर एउटा बिद्यार्थी पढाएँ भन्दै हिड्नु भयो र उहाँको ठुलो प्रचार भयो । तर मैले त २ सय बिद्यार्थी प्रतिबर्ष पढाइरहेको छु, नपत्याए शंकरदेव क्याम्पस प्रशासनलाई सोध्नुस् ।

महाधिबेशन भन्ने तर टिका लगाएर नेतृत्व छान्ने काम नेविसंघमा हुँदैछ भन्ने हल्ला पनि छ, त्यो दौडमा कति दौडिनु भएको छ ?

कमजोर मान्छेको खेल नै सहमतिका नाममा नेतृत्वमा हत्याउने हुन्छ । भन्दा सहमति र सहकार्य तर आत्मकेन्द्रित निर्णय गराउने हो । त्यो एउटा झुण्ड नेविसंघ भित्र अबश्य छ । तर हामी डेमोक्रियासिस प्रोसेस मुल्य र मान्यतालाई मान्छौ । चुनावमा जित्न सकिन्छ, हार्न सकिन्छ, जमानत जफत पनि हुन्छ । त्यसलाई स्वीकार्नु नै लोकतान्त्रिक कल्चर हो । भोटरको विवेकको सम्मान गर्न सक्नु पर्दछ । तर यहाँ त के भैदियो भने चुवावलाई फेस गर्न नसक्ने, नेताहरुको घरदैलोमा सधैभरी पहरा दिने, त्यहीबाट सर्लक्क नेता बन्ने दाउ पनि भइरहेका छन् । तर त्यसमा सहमतिको ढोल बजाउने कोशिस गरिदैछ । मुल बाटो छोडेर गोरेटोबाट छिर्ने, मुलढोका छोडेर झस्केलाबाट छिर्ने परिपाटी हो त्यो । यो अब सम्भव छैन । किन भने १२ बर्षसम्म अधिबेशन नभएपछि युवाको एउटा ठुलो पंक्ति मर्कामा परिसकेका छन् ।
हामी भन्दा माथीको पुस्तालाई पार्टीले ब्यवस्थापन गर्नु पर्दछ । भोटर र नेता एउटै फेसका हुनु कदापी हुँदैन अब । बाबु र छोरा एउटै पुस्ताका हुनै सक्दैनन् । भतिजले भोट हाल्ने काकाले चुनाव लड्ने हुनु हुदैन । बृद्धभत्ता खाने बेलासम्म नेविसंघको राजनीति गर्न अब हामी दिँदैनौ । यो युवा बिद्यार्थीको फोरम हो ।

अधिबेशन रोक्न नेविसंघकै नेताहरु लागेको बाहिर हल्ला छ भनी ?

नेबिसंघ एउटा महासागर हो । यो भित्र विभिन्न सोचका मानिसहरु छन् । आफ्नो क्षमता, हैसियत नभएका तर स्थापित हुन खोज्नेले केही रडाको मच्चाएका मात्र हुन । आफ्नो निधारमा हैसियत विना कै टिका लगाउन उनीहरु खोज्दैछन् । नेपाल बिद्यार्थी संघलाई भजार खाइरहेका र ब्यक्तिगतरुपमा उपभोग गरिहेकोहरुलाई अधिबेशनले निकै ठुलो घाटा गर्ने वाला छ । त्यही भएर उनीहरुले यो अफबाह फैलाएका हुन् ।

तपाई सभापति भए नयाँ काम के गर्नुहुन्छ ? के छन् योजनाहरु ?

नेविसंघबाट क्याम्पस लगाएतका पदहरुमा जो पनि जान सक्छ । तर स्वच्छ र गतिशिल नेविसंघ बनाउन आवश्यक छ । जुन ब्यक्ति गतिशिल हुन्छ, त्यही ब्यक्तिले मात्र नेविसंघलाई गतिशिल बनाउन सक्छ । आज मुलुकमा संविधान कार्यान्वयनको मुल समस्या छ, म नेतृत्व पुगे बिद्यार्थीका फाँटबाट गर्ने हर कोसिस गर्छु ।
दोस्रो हाम्रो शिक्षा नीति ब्यवहारिक छैन । शिक्षा जीवन उपयोगि हुनुपर्दछ । टेक्निकल शिक्षा मार्फत उपयोगि शिक्षा बनाउनु पर्दछ । छोराछोरी इन्जिनियर र डाक्टर पढाए मात्र सार्थकता ठान्ने हाम्रो सामाजिक परम्परा छ त्यसको मुल दोष त्रिवि हो । त्योसँग जुध्न आवश्यक छ । हिजो एउटा भनाई थियो छोरो विग्रियो कमर्सले, छोरी बिग्रिइ नर्सले’ भन्ने उखान थियो त्यो त आज परिवर्तन भइसकेको छ । म्यानेजमेन्ट नै सवैत्तम कुरा हो भन्ने कुरा प्रमाणित भइसकेको छ ।
नेपालका बिद्यार्थीहले सवैभन्दा ठुलो एउटा समस्या भोगिरहेका छन् । शिक्षाभित्रको माफियाकरण । माफियाकरणबिरुद्ध म ठुलो शक्ति, ताकत खर्चिने छु । यो चानचुने ताकतबाट सम्भव छैन । त्रिवि र केयूको आफ्नो नीति छ । तर अन्य यूनिर्भसिटीहरुले सरकारी नियमलाई पालना गरेका छैनन् ।  एउटा बिद्यार्थी सरकारी युनिभर्ससिटीबाट दुई लाख ४० हजार फिमा पढन पाउँछ । त्यही इन्जिनियरिङको कोर्ष अन्य प्राइभेट युनिभसिटीबाट लिँदा झण्डै १२ देखि १५ लाख खर्च गर्नु पर्दछ । यो शिक्षाको भित्रको माफियातन्त्रको चरमरुप हो । फि बढाउने बिषयमा प्राइभेट युनिभर्सिटीवालाको एउटा बोर्ड छ त्यसले मनपरी ढंगबाट फि बढाइरहेको छ । हामी कति रकम उठाउन सक्छौ, कति ठग्न सक्छौ भनेर निर्णय गर्छ र फि निर्धारण हुन्छ । यसलाई रोक्न राज्य क्षेत्रबाट कुनै काम भएको छैन ।
म नेविसंघको अध्यक्ष भएको दोस्रो दिनदेखि माफियाबिरुद्ध मेरो अभियान सञ्चालन हुनेछ । यो देशका अभिभावकहरुले सस्तो मुल्यमा आफ्ना छोराछोरीलाई पढाउन सक्नु पर्दछ । आलु, कोदो, धान, अम्लिसो रोपेर पनि छोरालाई इन्जिनियर बनाउन सक्ने शिक्षा हुनु पर्दछ । मोटो रकम बालामात्र इन्जिनियर डाक्टर बन्ने कुराको अन्त्य गर्नु पर्दछ । त्रिविबाट करिव ३ लाखले इन्जिनियर उत्पादन हुन्छ भने प्राइभेटले त्यसको २० प्रतिसत रकम बृद्धि मात्र उठाउन पाउने ब्यवस्था गर्नु पर्दछ । इन्फास्टक्चरका आधारमा २० प्रतिसत भन्दा बढि लिन नपाइने ब्यवस्था गर्नु पर्दछ र मेरो मुल कदम यही हुनेछ । यसबाट शिक्षाको शिर ठाडो हुन्छ र माफियाको शिर निहुँरिनेछ ।
शिक्षा क्षेत्रको अर्काे विसंगति पनि छ, राजनीतिक भागबन्डा । दक्षताका आधारमा शिक्षा क्षेत्रका पदाधिकारी नियुक्त भएका हुँदैन् राजनीतिक दलको रंग दलेर नियुक्त हुने गरेका छन् । यो निकै खराव काम हो । यसका बिरुद्ध पनि लड्न जरुरी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice