झापामा यौन अपराधका घटाना बढ्यो ।

झापा । झापा जिल्लाभर एक वर्षभित्रमा १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) ले आज सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो उल्लेख गरिएको छ । विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको छ महिनामा मात्रै झापामा छ जनाको हत्या भएको छ । भने १२ वटा बलात्कारका घटना भएको उल्लेख छ । इन्सेकको प्रतिवेदनमा  एउटा अपहरणको घटना भएको जनाइएको छ ।

बलात्कारका घटनामा बालिका बढी पीडित भएका छन् । सो अवधिमा आठवटा बलात्कारका घटना बालबालिकासँग जोडिएका छन् भने चारजना महिला बलात्कृत भएका छन् । यस अवधिमा एक बालक, दुई महिला र तीन पुरुषको हत्या भएको छ ।

अधिकांश घटना यौनसँग सम्बन्धित रहेको समेत इन्सेकका प्रतिनिधि अर्जुन बस्नेतले  जानकारी दिए

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice