तोलामै तीन हजारले वढ्यो सुनको भाउ

इयुबाट वेलायत अलग्गिए सँगै त्यस्को सीधा असर नेपाली अर्थतन्त्रमा समेत परेको छ । सुनको मूल्य आज शुक्रबार एकैदिनमा ३ हजार रुपैयाँ बढेको छ । बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एकैदिन ३ हजारले बढेर ५९ हजार रुपैयाँ कायम भएको हो ।

महासंघका अध्यक्ष मणिरत्न शाक्यले बेलायत यूरोपियन यूनियनबाट अगल हुने जनमत प्कट भएलगत्तै सुनबजार उकालो लागेको बताए । नेपालको इतिहासमा सुनको मूल्य एकैपटक यति धेरै बढेको हो । यसअघि सुन एकपटकमा २४ सय रुपैयाँसम्म महंगो भएको रेकर्ड थियो ।

उनकाअनुसार हिजो अन्तर्राष्ट्रिय बजारमा प्रति औंश १२ सय ६३ डलरमा कारोबार भएको सुन आज एकैपटक १३ सय ३६ डलरमा पुगेको हो । यसैबीच आज चाँदी प्रतितोला ३० रुपैयाँ महंगिएको छ । शुक्रबार ७ सय ९० रुपैयाँ प्रतिलोलमा किनबेच भएको चाँदी ८ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice