इयुबाट बेलायत बाहिरिदा अर्थतन्त्रमा हलचल,भारत देखि नेपालसम्मै देखियो असर

प्रधानमन्त्री डेभिड क्यामरुनको राजीनामा

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका छन् ।बेलायतीहरुले युरोपेली संघ (इयु) को सदस्य राष्ट्रका रुपमा नरहने पक्षमा मतदान गरेको छ तर,  क्यामरुन बेलायत इयूमै रहनुपर्ने पक्षमा वकालत गर्दे आएका थिए ।कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए।
जनमत संग्रहकोे अन्तिम नतिजा सार्बजनिक हुँदा बेलायत इयूबाट अलग हुनुपर्ने पक्षमा बहुमत प्राप्त भएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन इयूमै  बस्नुपर्ने पक्षमा देखिएका थिए । बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि बढी राम्रो हुने उनको धारणा थियो ।

गत बुधवार उनले यस्तै अभिव्यक्ति सहितको  भावुक अभिव्यक्तिमा सो धारणा राखेका थिए । । बेलायतका लागि यदि इयु छोड्ने हो भने उसका सामु आर्थिक मन्दीको समस्या पनि आउन सक्नेतर्फ उनको चिन्ता थियो ।

क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा गरेसँगै  कन्जरभेटिभ पार्टीको आगामी अक्टोबरमा हुने सम्मेलन पछि नयाँ प्रधानमन्त्री चयन हुने विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन ।

अर्थतन्त्रमा हलचल,नेपालमा असर

परिणामहरु सार्वजनिक जाँदा अर्थतन्त्रमा हलचल मच्चिएको छ । बेलायती पाउण्डमा ठूलो भूँइचालो गयो। शुक्रवार पाउण्ड डलरको तुलनामा ११ प्रतिशतले अवमूल्यन भएको छ। पाउण्ड पछिल्लो ३१ वर्षको सबैभन्दा तल्लो तहमा पुगेको हो। बिहिवार परिणाम सार्वजनिक हुनु पहिले डेढ डलर बराबर एक पाउण्डको सटही दर थियो तर अब एक डलर ३५ सेन्टमै एक पाउण्ड साट्न सकिन्छ।

भारतीय रुपैयाँमा गिरावट
बेलायत युरोबाट बाहिरिएपछि त्यसको सिधा असर भारतीय मुद्रामा पनि परेको छ। परिणामपछि डलरको तुलनामा भारु ६६ पैसा तल झरेको छ। अब एक डलर खरिद गर्न ६७ रुपैयाँ ९१ पैसा खर्च गर्नुपर्ने हुन्छ। भारतीय केन्द्रिय बैंकले भारुको गिरावट रोक्न डलरको विक्रि बढाएको छ। केन्द्रिय बैंकले सार्वजनिक क्षेत्रका बैंकमार्फत डलर बेच्न थालेको हो। मार्च महिनापछि भारुमा आएको यो ठूलो गिरावट हो।

नेपाली रुपैयाँ पनि झर्यो
परिणाम आउनु अघि नै नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक डलरको रिफ्रेन्स दर १०७ रुपैयाँ ९६ पैसा तोकेको थियो। तर शुक्रवार परिणाम आएपछि एक डलर खरिद गर्न १०९ रुपैयाँ २० पैसासम्म खर्च गर्नुपर्ने भएको छ। डलरको कारोवार गर्ने अधिकांश ठूला नेपाली बैंकले केन्द्रिय बैंकले तोकेको रिफ्रेन्स दरभन्दा एक रुपैयाँ २४ पैसाभन्दा बढीमा कारोवार गरिरहेका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice