सिन्धुपाल्चोक काँग्रेसमा लामा विजयी

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा विकास लामा निर्वाचित भएका छन् ।
बाह्रबिसेमा आज दिउँसो सम्पन्न भएको अधिवेशनले लामालाई निवार्नचित गरेको हो । आज भएको दोस्रो चरणको निर्वाचनमा लामाले अर्का प्रत्यासी हरिशरण श्रेष्ठलाई १८ मतले पराजित गरेको निर्वाचन समितिले जनाएको छ । कुल खसेको ७३५ मतमध्ये लामाले ३७३ र श्रेष्ठले ३५५ मत पाएका थिए । भने सात मत बदर भएको थियो ।

बुधबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । काँग्रेस विधान अनुसार सभापतिमा निर्वाजित हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै, सचिवमा झलक नेपालले २०७ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भक्तध्वज बोहोराले २०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए ।

यस्तै कोषाध्यक्षमा पासाङ दोङ २२३ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी कालिका गोलेले १९३ मत प्राप्त गरिन् ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सभापति लामाले आफू गुट उपगुटमा नलागी पराजित भएको साथीलाई पनि सँगै लिएर अघि बढ्ने बताए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice