एनसेल पछि विप्लव माओवादीको निशानामा शिक्षा क्षेत्र,प्रिमियर स्कुलमा तोडफोड

विप्लव नेतृत्वकाे नेकपा माअाेवादी निकट विद्यार्थी संगठन  अखिल क्रान्तिकारीले ललितपुरको सातदोबाटोमा रहेको प्रिमिएर स्कुलमा तोडफोड गरेको छ ।

अनुमति बिना ९ कक्षा संचालन गरेको , ३५% शुल्क वृद्धि गरेको , विद्यार्थीहरूलार्इ  छात्रावृत्ती नदिएको , बिधार्थीको पोसाक समेत बिद्यालयबाट बिक्रि गरेको आरोप लगाउँदै क्रान्तिकारीले तोडफोड गरेको हो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले विद्यालयको भ्यानमा सामान्य आक्रमण भएको जानकारी दिए । ‘विद्यालयमा आक्रमण भएको होईन,’  उनले भने, ‘कसले गरेको हो भन्ने विषयमा खोजी भइरहेको छ ।’क्रान्तिकारीले पटक-पटक शुल्क वृद्धिलगायतको बिषयमा स्कुल प्रशासनलाई जानकारी गराउँदा समेत अटेरी गरेकोले बाध्य भएर तोडफोड गर्नु परेको अखिल क्रान्तिकारी उपत्यका समितिले जनाएको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice