तालिवानीसँगै नेपालीको साइनो र दोष छैन, तर किन निर्दोषको हत्या ?

काठमाडौ । काबुलमा मारिएका १२ नेपालीको शव बुझन विमान स्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले तालिवानीसँग नेपालीको कुनै साइनो र दोष नभएपनि कायरतापूर्ण घटना घटाएको बताएका छन् ।
१२ नेपालीलाई श्रद्धान्जिली अर्पण गर्न विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले घटनाको भत्र्सना समेत गरे । विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले हाल प्राथमिक काम गरिहेको तर पछि थप निर्णय लिने समेत बताए ।
मृतकको शव बुझन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही विमान स्थल पुगेका थिए । सवैमन्त्रीले मृतकप्रति श्रद्धान्जिली पनि दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice