चित्र बहादुर केसी भन्छन:‘सत्ता र कुर्सी भन्दा आन्दोलन नै प्यारो’

उपप्रधानमन्त्री चित्र बहादुर केसी संघीयताका विरुद्धमा सडक आन्दोलनमा होमिरहँदा आलोचित भइरहेकै समयमा आन्दोलनमा लाग्दा सरकारबाट दबाब आउला कि ! मन्त्री पद जाला कि ! सरकारमा बस्न नपाइएला कि भन्ने धुकचुक आफूलाई नभएको बताएका छन ।एक अनलाइनसँगको कुराकानीको क्रममा उनले आफ्ना लागि राष्ट्रियता, स्वाधीनता, अखण्डता र राष्ट्रको स्वार्थ प्रमुख भएको तर, सत्ता र शक्ति  कहिल्यै प्रमुख कुरा नभएको सुनाएका हुन ।

पद जाला कि भनेर राष्ट्रको अहित स्वीकार्न लाचारले मात्रै सक्छ । पदलोलुपले मात्रै गर्न सक्छ । आन्दोलन र सरकारमध्ये एक छान्नु पर्यो भने आन्दोलन नै छान्नेछु । यति लामो राजनीतिक यात्रामा आन्दोलन गर्दै आइयो, सरकारमा बसेको त कति नै भयो र । सात/आठ महिनामात्रै भयो होला ।आन्दोलनका लागि आन्दोलन गर्नेमात्रै होइन, संघीयताको बहानामा मुलुकमा के हुँदै छ, सबैले देखेका छन् । अझै प्रदेशको कुरा मिलेको छैन ।

संघीयताले जात्रा देखाउन अझै बाँकी छ । एउटा नेपाल चलाउन नसकेकाले सात÷आठवटा नेपाल कसरी चलाउँछन् । तिनका राजधानीमा कस्तो महाभारत पर्ला । सीमांकन अझै स्पष्ट भएको छैन । यसैले पनि संघीयता नेपालको अहितमा छ भनेर हामीले भन्दै आएका हौँ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice