बागबजारको सडकमा युवतीमाथी एक युवकले छुरा रोपे

काठमाडौं । सडकमा हिडिरहेकी एक युवतीमाथी बुधबार विहान छुरा प्रहार गरिएको छ ।  काठमाडौंको  पुरानो बसपार्क नजिक उनलाई एक युवतकले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी पक्राउमा परेका युवकले आफ्नी पत्नी भएको दावी गरेका छन् ।
काठमाडौंका बागबजारमा बस्दै आएकी दोलखा लापिङकी सुष्मा थामीमाथी छुरा प्रहार गरिएको छ । छुरा प्रहारबाट २१ बर्षीया धामी शक्त घाइते भएकी छिन् । उनको ढाडमा गहिरो घाउ लागेको छ ।
सुष्मालाई छुरी प्रहार गर्ने दोलखा लापिङकै २१ बर्षीय झलकबहादुर थापालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले सुष्मा र आफुबीच दुई बर्षअघि विवाह भएको तर अहिले छुट्टा छुट्टै बस्दै आएको प्रहरीसँग बताएका छन् । पारिवारिक तनावका कारण आफुले छुरा प्रहार गरेको प्रहरीसँग उनले स्वीकार गरेका छन् ।
छुरा प्रहारबाट घाइते भएकी सुष्मा अचेत बनेकी छिन् । उनको उपचार बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice