यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पाकै छोरा नक्कली पाइलट !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अति विस्वास पात्र यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पाका छोरा नै नक्कली पाइलट भएको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली पाइलटमाथी छानविन थाले लगतै आङ छिरिङका छोरा नरभु शेर्षाले राजीनामा दिएका छन् ।
नक्कली पाइलट शेर्पाले बर्षाैदेखि विमान उडाउँदै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली पाइलटमाथी छानविन थाले लगतै दुई महिनाभित्र २२ पाइलटले राजीनामा दिएका छन् । कारवाही त्रासमा राजीनामा दिने पाइलट मध्ये एक आङ छिरिङका छोरो नरभू शेर्पा पनि परेका छन् । उनले लामो समयदेखि नेपाली आकासमा जहाड उडाइरहेका थिए ।
सिआइवीका अनुसार दर्जनौ पाइलटमाथी छानविन सुरु भएको छ । जसमा सवैभन्दा बढि नक्कली पाइलट यति एयरलाइन्समा भएको ठहर प्रहरीले गरेको छ ।
प्राविधिकरुपमा यति एयरलाइन्सका विमानहरु निकै कमजोर छन् । नेपाल बायू सेवा निगमले कवाडमा कटाउन राखेका विमान समेत आङ छिरिङको स्वामित्वमा रहेको तारा एयरलाइन्सले उडाइरहेको छ । प्राविधिकरुपमा कमजोर विमान र नक्कली पाइलटका कारण यति एयरलाइन्सको यात्रा निकै जोखिमपूर्ण भएको नागरिक उड्यन प्राधिकरणका एक प्राविधिकले बताए । ‘अरु भन्दा यति र ताराका विमानहरुमा यात्रा गर्न निकै जोखिम छ, तर कारवाही गर्न हामीलाई सरकारल हात बाँधेको छ’ उनले भने ।
उता यति एयरलाइन्सका संचार अधिकृत भीमराज राइले भने नागरिक उड्यन प्राधिकरणले नै प्रमाणित गरेका पाइलटले विमान उडाउने गरेको बताए । ‘को सक्कली हो र को नक्कली हो त्यो हेर्ने काम एयरलाइन्सको होइन’ उनले भने ‘दक्ष देखेपछि विमान उडाउने पाउने हो ।’
राइले यति एयरलाइन्सका केही पाइलटले राजीनामा दिएको स्वीकार गरे । ‘केही पाइलटले राजीनामा दिनुभएको छ, तर यसलाई नक्कली र सक्कलीका आधारमा हेर्नु हुँदैन ।, सक्कली र नक्कली छुट्टयाउने निकाय पनि हामी होइनौ ।

3 Comments
  1. Please remove the photo of Mr Ang Tshering Sherpa from Facebook. He is also Mr Ang Tshering Sherpa, but he is not related with Yeti Airlines. He is president of Nepal Mountaineering Association.

  2. First find out who is right person and post the picture. This man u posted is not the owner of yeti air

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice