bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/06/26646 ) ) )

अफगानिस्थनमा भएका नेपाली भन्छन ‘ ज्यानभन्दा ठूलो पैैसा होइन हजुर ’

१४ नेपालीको ज्यान जाने गरी  अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमण भएसँगै त्यहाँ रहेका नेपालीहरुले आफ्नो सुरक्षाको चिन्ता व्यक्त गरेकाछन ।

क्यानेडियन दूताबासको सुरक्षामा खटिएका नेपालीहरु चढेको बस आतंकवादी आक्रमणमा परेसँगै रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुले   आफ्नो सुरक्षाको सम्बन्धा चिन्ता प्रकट गरेका हुन ।

।  बिदा परेकाले बचेका  सुरक्षागार्डका रुपमा कार्यरत एक मानबहादुर  भने, मेरो आज डे अफ (बिदा) हो । त्यसैले कोठामा नै बसिरहेको थिएँ, विस्फोटमा साथीहरु परे ।’उनले अघि भने, ‘आज नाइट ड्यूटीमा जानुछ । कसरी काम गर्ने त्रासमा छौं । ज्यानभन्दा ठूलो पैैसा होइन हजुर ।’

काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षा जिम्मा बेलायती सेक्युरिटी कम्पनी ‘सेबर’ले लिएको थियो । र, उक्त कम्पनीले १४७ नेपाली भूपू सैनिकहरुलाई सुरक्षा गार्डका रुपमा खटाएको छ ।उनीहरु मध्येका अमित रोकाय क्षेत्रीले आफू ठीक रहेको भन्दै छिट्टै नेपाल र्फकने बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अहिले कोठामा रहेका नेपाली सुरक्षा गार्डहरु चिन्तामा छन् । साथीहरु के के भयो भन्नेसँगै फेरि काममा कसरी जाने भन्ने चिन्ता छ । मानबहादुरले भने, मेरो भरे ड्युटी छ । अब कसरी काम जाने भन्ने छ । हामी आफैं सुरक्षित रहेनौं भने कसरी काम गर्ने ?’

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice