यात्री बनेर आएकाद्धारा मिनिबसमा आत्मघाती हमला

अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहानै एक मिनी बसलाई निशाना बनाई आत्मघाति बम हमला भएको छ ।
बीबीसीका अनुसार उक्त गाडीमा नेपाली सुरक्षा गार्ड सवार थिए । अधिकारीका अनुसार हमलामा ३० जनाभन्दा धेरै व्यक्ति घाईते भएका छन् । घटनास्थलमा एंबुलेन्स पुगेका छन् । घाईतेहरुलाई अस्पताल पु¥याउने कार्य भईरहेको छ ।आक्रमणकारी पैदल नै आएको प्रहरीले दावी गरेको छ । आक्रमणकारी मिनीबस कुरेर बसेका थिए । स्थानिय समय अनुसार विहान ५ बजे काबुलको पुल–ए–चर्चिल क्षेत्रमा आत्मघाती आक्रमणकारीले एक मिनिबसमा आत्मघाति विष्पोठ गराएका थिए ।ClXiO-VWIAAWDlz.jpg large
भ्वाईस अफ अमेरिकाका अफगानिस्तान संवाददाता हसिब माउदुदीका अनुसार आक्रमणमा १४ नेपालीको मृत्यु भएको छ भने अन्य ९ जना घाईते भएका छन् । घाईते मध्ये ५ नेपाली रहेका छन् ।अमेरिकी समाचार एजेन्सी एपीले १२ नेपाली सुरक्षा गार्डको मृत्यु भएको जनाएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice