पूर्वराष्टपतिलाई घरबाट निकालिदिन अदालतमा रिट

ललितपुर । पूर्वराष्टपति डा. रामवरण यादवलाई आफ्नो घरबाट हटाईदिन माग गर्दै ललितपुरका रविभक्त बिष्टले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । बिष्टले अन्यत्र सारिदिन माग गर्दै रिट दायर गरेका हुन् ।
राष्टपति, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयललाई विपक्ष बनाई दायर गरिएको रिटमा हालसम्मको बहाल भराई आफ्नो घर खाली गराइदिन माग गर्दै उनले रिट दायर गरेका छन् । १२ कार्तिकमा सरकारले बागडोलस्थिल बिष्टको घरमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडामा यादवलाई सरकारी निवासका रुपमा उपलब्ध गराएको थियो ।
तर घरधनी बिष्टले कार्तिकदेखि हालसम्मको घरभाडा, बत्ति, पानीको रकम नपाएको गुनासो रिटमा गरेको छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice