नर्भिक अस्पतालमा पूर्वराजा र प्रचण्डको जम्काभेट भएपछि….

नियती भन्ने चीज पनि वढो अनौठो हुँदोरहेछ । हिजो जस्को विरुद्ध जेहाद छेडियो उही पात्रसँग टुप्लुक भेट भयो भने अवस्था कस्तो होला ? यस्तै स्थिती पैदा भएको छ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ।उनै प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच अकस्मात जम्काभेट भएको छ,थापाथलीस्थित नर्भिक अस्पतालमा । तर, बाहिर हल्ला आएजस्तो प्रचण्ड पूर्व वडामहारानीलाई भेट्न भने गएका थिएनन् ।

‘हामी हाम्रो पार्टीका नेता मातृका यादवको स्वास्थ्य अवस्था बारे बुझ्न अस्पताल गएका हौं,’ स्वकिय सचिव जोख बहादुर महरा ‘प्रताप’ले भने,‘हामीले राजा वा पूर्व मुमा बडामहारानी लाई भेटेका छैनौं । अस्पताल स्रोतका अनुसार प्रचण्ड साँझ पौने ७ बजेतिर अस्पताल पुगेको बताइएको छ ।प्रचण्ड आउने खबर पछि निर्मल निवासमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पनि अस्पताल पुगेको अस्पताल स्रोतले जानकारी दियो । उनी र राजाबीच अस्पतालमै जम्काभेट भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रचण्डले पूर्व मुमा बडामहारानीको समेत स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । अस्पतालमा प्रचण्डले पूर्वराजालाई भेटेर रत्नको स्वास्थ्य अवस्थाबारे छलफल गरेको स्रोतले बतायो।पूर्व मुमा बडा महारनी रत्नलाई आन्द्रमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइएको थियो ।अस्पातल स्रोतले पूर्व राजा ज्ञानेन्द्र र प्रचण्ड बीच जम्काभेट भएको दावी गरेको छ । तर,पूर्वराजाको नीजि सचिवालयले भने यस्लाई अस्वीकार गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice