उपप्रधानमन्त्री चित्र बहादुर केसीलाई चाहियो,‘ चिची पनि पापा पनि ! ’

सरकार जिम्मेवार उपप्रधानमन्त्री नै सरकार विरुद्ध सडकमा ? यस्तो कहिँ नभएको दृश्य हाम्रो नेपालमा बेला बखत देख्न पाइन्छ । उपप्रधान मन्त्री विजय कुमार गच्छदारले सरकार छाड्ने घुर्की देखाइरहेको समयमा सरकारका अर्काे उपप्रधानमन्त्री चित्र बहादुर केसी आजै देखि सडकमा उत्रिने भएका छन । त्यो पनि सरकार विरुद्ध ।

मुद्धा ठीक अथवा वेठीक त्यो हाम्रो तर्क होइन । तर्क यो हो कि एउटै व्यक्ति सत्तामा पनि रहने र सडकमा पनि उत्रिने यो जस्तो गाइजात्रा अरु के हुन सक्छ ?

उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै सडक संघर्ष गर्ने भएको छ । सो पार्टीले  काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा विदेशीहरुको स्वार्थमा नेपालमा संघीयता रोपिएको आरोप लगाउँदै विभिन्न चरणको संघर्ष सुरु गरिने बताइएको हो ।

‘संघीयताको विषवृक्षको परिणाम नेपाल र नेपालीको लागि हानीकारक सावित भइसकेको हुदा यसको खारेजीको लागि राष्ट्रिय जनमोर्चाले निम्नानुसारको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संघीयताको परिणामले भारतलाई नेपालको राष्ट्रियतामाथि नांगो हस्तक्षेप गर्न सुअवसर मिलेको छ र नेपालका प्रमुख राजनीतिक दलहरुको आत्मसमर्पणवादी नीतिले पनि काफी मद्दत गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान जारी नगर्न नेपालका दलहरुलाई दवाब दिनु, संविधान जारी भइसकेपछि दलहरुको भद्र सहमति र एकतालाई फुटाउनु, मधेशवादी दललाई आन्दोलित बनाएर त्यसैको निहु“मा नेपालमाथि नाकाबन्दी गर्नु, संविधानमा संशोधन प्रस्ताव हाल्न दबाव दिएर जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्न लगाउनुबाट नेपालको स्वाभिमान र राष्ट्रियता कमजोर हुदै गएको छ ।
पार्टीको सडक संर्घष आज देखि बाट शुरु भई साउन २५ गते सकिने पार्टीको विज्ञप्तिमा जनाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice