सशस्त्र प्रहरीका जवानद्धारा अपांग महिला बलात्कृत ,पूर्व पश्चिम राजमार्गमा तनाव !

 

जब रक्षक नै भक्षक हुन थाले भने स्थिती के होला ? सत्य,सेवा र सुरक्षणमको मूलमन्त्रलाई शिरोपर गर्दै सशस्त्र प्रहरीका जागिरे बनेका एक जवानद्धारा अंपाग महिला बलात्कृत भएको भन्दै अहिले पूर्व पश्चिम राजमार्गमा स्थानीयहरुले अवरोध श्रृजना गरेका छन ।

कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १० चन्द्रौटा बजारमा एक अपांग महिलामाथि सशस्त्र प्रहरीका जवानले बलात्कार गरेको आरोप लागेको छ । यस्तो आरोप लागेपछि दोषीमाथि कारबाहीको माग गर्दै अहिले स्थानीयले चन्द्रौटामा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरेका हुन । चन्द्रौटा नगरपविकास समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले आइतबार साँझ ७/८ जनाको समुहमा आएका सशस्त्र प्रहरीका जवानले ति अपांग महिलामाथि सामुहिक बलात्कार गरेको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले सडक अवरुद्व पारेको जानकारी दिए । उनका अनुसार आइतबार साँझ साँढे ६ बजेतिर सशस्त्र प्रहरी बल बिन्धयाबासिनी गणका जवानले बजार नजिकै भैंसी चराउन गएकी ति महिलामाथि बलात्कार गरेका हुन् ।यस सन्दर्भमा सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनाल सँग बुझ्दा, बलात्कारमा  एक जवान संलग्न भएको पाइएको भन्दै उनीमाथि कारबाहीका लागि आफूहरुले सहयोग गर्ने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice