जब क्रान्तिकारी मन्त्रीलाई उपसचिवले नै हल्लाउछन !

एमाओवादी  पार्टीले सम्हालेको एक मन्त्रालय कर्मचारीको व्यवस्थापनजस्तो सामान्य काम गर्न नसकेर अस्तव्यस्त बनेको छ । अझै पनि कार्यकर्ताकाबीच क्रान्ति,परिवर्तन र साम्यवाद भनेर नथाक्ने प्रचण्डका भनाई अल्लारेले बैंसमा युवती फकाउन आकासको तारा झारेर कपालमा सिउरिदिन्छु भने झैं मात्र रहेको एमाओवादीले रोजीरोजी लिएका दश मन्त्रालयका हालत हेर्दा पनि प्रष्ट हुन्छ ।माल पाएर पनि चाल नपाए झैं बनेको एमाओवादीले सम्हालेको शिक्षा तथा संस्कृति मन्त्रालय पनि हो । हिजो बुर्जुवा शिक्षा भनी गरिबहरुका सन्तानका हातबाट किताब खोसेर बन्दुक थमाउने माओवादीले नयाँ शिक्षा नीतिको खाका कोर्नु त परको कुरा पुरानै मन्त्रालयको हर्ताकर्ता भएर केही सय कर्मचारीको व्यवस्थापन पनि गर्न नसकेको हो ।यहाँ अहिले ४ सय ८४ जना उपसचिव छन् । उपसचिव मातहत रहेर काम गर्नु पर्ने शाखाअधिकृत तहका कर्मचारी भने यो भन्दा कम संख्यामा छन् । यता झण्डै ५ सयको संख्यामा रहेका उपसचिवलाई काम लगाउनु पर्ने सहसचिवको संख्या भने जम्मा १९ मात्र छ । यो हिसबाले हेर्दा एकजना सहचिव मातहत झण्डै २६ जना उपसचिव कार्यरत रहनुपर्ने अवस्था छ । मन्त्रीको असक्षमताका कारण देशको शिक्षा क्षेत्रलाई चुस्त र वैज्ञानिक बनाउन खटिनुपर्ने कर्मचारी मन्त्रालयका लागि अहिले गलगाँड बनेका हुन् ।यता उपसचिवहरुको व्यवस्थापन र कामको जिम्मा हेर्ने हो भने झन् दिक्क लाग्दो तथ्य सामु आउँछ । मुलुकमा आमूल परिवर्तन गरी साम्यवादमा पुग्ने लक्ष्य लिएको पार्टीले सम्हालेको मन्त्रालयले सिन्धुलीमा एकजना जिल्ला शिक्षा अधिकारी मातहत ७ जना उपसचिवहरु राखेर भाँडभैलो मच्चाएको छ । नुवाकोटमा भने एकजना जिशिअ मात्र रहेका छन् । नुवाकोटमा करीब ५ सय विद्यालय होलान् ।

तर धादिंगमा नुवाकोटका जति विद्यालय छैनन् । यहाँ फेरी मन्त्रालयको लापर्वाहीका कारण ७ जना सहायक जिशिअहरु छन् । नुवाकोट,इलाम, भोजपुरजस्ता ५ सयभन्दा बढी विद्यालय भएका जिल्लामा जिशिअ मात्र राखिएको छ । त्यहाँ एकजना पनि  सहायक जिशिअ छैनन् । तर मनांगमा जम्मा २८ वटा मात्र विद्यालय छन्, त्यहाँ भने जिशिअ र सहायक जिशिअ दुवै छन् । रसुवामा पनि विद्यालय कम तर जिशिअ र सहायक दुवै छन् ।

अर्कातर्फ मुलुकभरका सबै जिल्लामा उपसचिव तहकै जिशिअ र उपसचिव स्तरकै सहायक जिशिअ सातजनासम्म छन् । प्रशासनिक क्षेत्र पिरामिड शैलीमा हुनु पर्ने विश्वव्यापी मान्यता र प्रयोग हो । तर जनवादी शिक्षाका हिमायती मन्त्रीले भने एउटै तहको प्रमुख र सोही स्तरका ७ जना उपप्रमुख बनाएर मुलुकको शिक्षा क्षेत्रमा नराम्रो खेलवाड गरिरहेका छन् । उपसचिव स्तरको जिशिअ र सोही तहका ६/७ जना सहायक हुँदा कुन काम कसले गर्ने र कसले कसलाई टेर्ने भन्ने अप्ठेरो हरेक दिन आइरहन्छ । त्यहाँ न जिशिअले राम्ररी काम गर्न सक्छ न त सहायकहरुले नै ।

कर्मचारीको व्यवस्थापन गर्न ओएनएम सर्भे गर्नुपर्ने र सोही प्रतिवेदन अनुरुप मन्त्रालयलाई दुरुस्त बनाउनु पर्ने प्रस्तावप्रति मन्त्री गिरिराजमणि पोख्रेल उदसिन छन् । यस्तो सर्भेबाट एक सहसचिव मातहत कति उपसचिव र उपसचिव अन्तर्गत कति अधिकृतलाई राख्ने, जिम्मेवारी के दिने र कसरी सम्पूर्ण कर्मचारीको व्यवस्थापन गर्ने भनेर प्रष्ट धारणा आउने हुन्छ । बरु उनले कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले असहयोग गरेको बताउने गरेका मन्त्रालयकै एक सहसचिवले बताए । आफूले सम्हालेका मन्त्रालयमा पटक्कै काम गर्न नसक्ने एमाओवादी अध्यक्ष प्रचण्ड फेरीे भन्दैछन् सरकारले काम नै गर्न सकेन !

Find us on Facebook
2 Comments
  1. Suggestion to the Minister for Education. If the Deputy Secretaries in the Ministry of Education are 484 and one joint Secretary handles 26 Deputy Secretaries, please initiate a survey of the number of Masters’ Degrees of Educational Qualification of the Deputy Secretaries. Then, promote to a certain number of Joint Secretaries, so that the number of Deputy Secretaries becomes equal to the Section Officers. Thank you.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice