उपराष्ट्रपति सहित को को छन चीन भ्रमणमा ?

जेठ २८, काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुन एयर चाईनाको विमानबाट चीन प्रस्थान गरेका छन् । उनको भ्रमणदलमा ११ जना रहेका छन् । युनान प्रान्तीय जनकांग्रेस स्थायी समितिका निमन्त्रणामा उपराष्ट्रपति चीन गएका हुन् ।उपराष्ट्रपति पुनको यो पहिलो विदेश भ्रमण हो । पहिलो भ्रमण भए पनि बेजिङ नभएर कुन्मिङ जाँदैछन् । चीनमा आफ्ना समकक्षी नेतासँग भेटघाट हुन्छ कि हुदैन । आइतवार कुन्मिङ शहरमा आयोजना हुने चौथो चीन–दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेलामा चिनियाँ उपराष्ट्रपति या उपप्रधानमन्त्रि आउने कार्यक्रम रहेको छ । उत्त मेलामा जो आउछ उसैसँग भेटघाट हुनसक्छ भ्रमणलदमा सहभागी उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।
उपराष्ट्रपति पुनको भ्रमणदलमा उनकी पत्नी हस्तमाली पुन , कार्यालय सचिव राजेन्द्रकिशोर क्षेत्री , स्वकीय सचिव सुकबहादुर रोका , प्रेस संयोजक मनोजकुमार घर्ती , एडीसी प्रमुख सेनानी मनोजकुमार सिलवाल , परराष्ट्र मन्त्रालयमा नायव शिष्टाचार महापाल सुरेन्द्र थापा , प्रधानमन्त्रि कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र , परराष्ट्र मन्त्रालयमा शाखा अधिकृत जनक सिंह । उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य , भाषा अनुवादक डा. हरिशचन्द्र शाह र प्रधानमन्त्रि कार्यालयका एकजना प्रतिनिधि रहेकाछन् ।
सनिवार विहान युनान प्रान्तका नेताहरुसँग भेटघाट हुनेछ भने दिउँसो युनान प्रोभेन्सियल इनर्जी इन्भेष्टमेन्ट ग्रुपको भ्रमण गर्नेछन् आइतवार कुन्मिङ शहरमा आयोजना हुने चौथो चीन–दक्षिण एशिया प्रदर्शनी तथा वस्तु व्यापार मेला र दिउँसो एघारौं चीन–दक्षिण एशिया बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोमवार सौर्य उर्जा कम्पनी , औद्योगिक क्षेत्र र स्टन्ट फरेष्टको भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।
मंगलवार उपराष्ट्रपति पुन कुन्किङबाट एक घण्टाका दुरीमा रहेको सिसवान तायनना ताई पुग्नेछन् । त्यहा सिसवानमा वाइल्ड फरेष्ट इलिफेन्ट पार्कको अवलोकन गर्ने र बेलुका स्थानिय नेताहरुसँग भेटवार्ता गर्नेछन् । बुधवार सिसवानमा चिनियाँ विज्ञान एकेडेमीले बनाएको उष्ण बोटानिकल गार्डेन र दिउँसो सिसवानमै रहेको हाइड्रोपावरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
बिहीवार विहान कासा भन्ने स्थानमा रहेको जनजानि गाँउकाृ भ्रमण गरेर दिउँसो कुन्मिङ फर्किने र सोही दिन काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice