सरकार गोजीको रुमाल हो र भन्ने वित्तिकै प्रचण्डलाई दिन ? : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिर्वतनबारे माओवादीसँग कुनै भद्र सहमति नभएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालमा नयाँ पदाधिकारीहरु आएसँगै पहिलोपटक राखिएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै पोखरेलले दलहरुबीच सहमति जुट्छ भने नेतृत्वबारे एमाले खुला रहेको बताए । तर, अहिलेको गठवन्धन भत्काएर अर्को सरकार बनाउने प्रयास भने स्वीकार्य नहुने तर्क गरे । एमाले र माओवादीबीच नौबुँदे सहमति हुँदा केही विषयमा छलफल भएको भन्दै उनले भने, छलफलमा सहभागी एक म पनि हुँ । बाहिर भनिए जस्तो कुनै सहमति भएको छैन ।’

प्रचण्डले केही कुरा उठाएको तर, एमालेले बजेट पास भएपछि सरकार फेर्ने कुरा अराजक हुन भनेको भन्दै उनले यसमा प्रचण्ड पनि सहमत भएको दाबी गरे । उनले अघि भने, ‘सरकार गोजीको रुमाल होइन, आज एउटाले राख्ने, भोलि अर्कोलाई दिने ।’एमाले महासचिव पोखरेलले संविधान कार्यान्वयनका लागि केही कानुन संशोधन गर्न र नयाँ बनाउनु पने भन्दै सहमति गरेर जान प्रमुख विपक्षी कांग्रेस तयार रहेको बताए ।

यसैबीच,चौतारीले हरेक हप्ता यस्तै प्रकारको अन्तरक्रियात्मक कार्यक्रम गर्दै जाने योजना बनाएको चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice