सर्वाेच्चको खण्डन : कामु प्रधानन्यायधिश कार्की र दीक्षित पत्नीबीच हाडनाता सम्बन्ध छैन

सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको समाचार सार्वजनिक भएको ४८ घण्टापछि सर्वोच्च अदालतले आफ्नो धारणा बाहिर ल्याएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको समाचार सार्वजनिक भएपछि विवाद शुरु भएको थियो र पाठकले सर्वोच्चको धारणा जान्न खोजेका थिए ।कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध रहेको दावीसहितको समाचार प्रकाशमा आएको थियो । शान्ताले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कार्कीले सुनुवाइ गरेकी थिइन् ।विशेष अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि सर्वोच्च अदालतले चाहिँ दीक्षितलाई रिहा गर्न आदेश दिएको थियो । जसको सुनुवाई कामु प्रधानन्यायाधीश कार्कीले गरेकी थिइन् ।

supriem

supreme_press_20730228_02-2

Related Posts
Don't miss it
Editors choice