सिंहदरवारभित्रै बाट बोधचित्त गायब !

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारको पूर्वी भागमा रोपेको बोधतित्तको बिरुवा दुई हप्तामै हराएको छ ।सिंहदरवारलाई हरियाली बनाउने अभियान थालेका प्रधानमन्त्री ओलीले दुइ महिना अगाडि विभिन्न प्र्रजातिका बोटविरुवा सहित सिहंदरवारको पूर्वी भागमा दुइओटा बोधचित्तका विरुवा हरु लगाएका थिए ।

अस्ति शुक्रबार बँगैचामा पानी हालेर हामी घर तिर गयौ भोलिपल्ट आँउदा एउटा मात्र बोधचित्तको विरुवा थियो फेरी आज एउटा बाँकी भएको हराएछ ,प्रधानमन्त्री कार्यलयको करिव चार वर्ष अघि देखी बँगैचा हेर्दै आएका माली सुनिल श्रेष्ठले भने ।अहिले सिंहदरवारको पूर्वी भागमा रोपीएको बोधतित्तको भागमा खाडल मात्र छ । कहिले फुलको गमला त कहिले फुल नै हराउने गरेको त्यहीकी माली रिताले भनिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice