बाह्र वर्ष पछाडि नेविसंघमा फर्केला त खोला ?

जेठ २६, काठमाडौं । बाह्र वर्षमा खोला फर्कन्छ भने झै नेविसंघको महाधिवेशन हुने छाँटकाँट देखिएको छ । २०६४ सालदेखी हुन नसकेको महाधिवेहन अव पनि हुन्छ कि हुँदैन त्यो समयले बताउने छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलवार वसेको बैठकले आगामी असार या साउनमा नेविसंघको ११औं महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।
वैठकमा अध्यक्ष रञ्जित कर्णले असार २८ देखी ३० वा साउन २२ देखी २४ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । महाधिवेशनका लागि मिती र स्थान तोक्न तथा संघका स्वरुप कस्तो हुने भन्ने वारेमा छलफल गर्न बैठक बोलाईएको थियो ।
असारमा अन्तिम साता स्नातक दोस्रो वर्षको परिक्षा हुने भएकाले पार्टीका नेताहरुसंग छलफल गरेर मिती र स्थानको टुङगो लगाउने तयारी भएको एक केन्द्रीय सदस्यले बताए । काठमाडौं , पोखरा , चितवन या विराटनगरमा महाधिवेशन गर्न अधिकांस केन्द्रीय सदस्यले सुझाव दिएका थिए ।
नेविसंघको कार्यसमिती १ सय ५१ सदस्यीय बनाउने प्रस्ताप गरिएकोे एक नेताले बताए । अध्यक्षसहित एक महामन्त्री र कोषाध्यक्ष रहनेछन् । ११ उपाध्यक्ष र १२ सहमहामन्त्री बनाउन प्रस्ताव गरिएको छ । सात प्रदेशबाट एक–एक जना तथा महिला , मधेसी , जनजाती र दलित एक–एक गरेर ११ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । त्यसैगरी सात प्रदेशबाट एक–एक जना तथा महिला , मधेसी , जनजाती , दलित र उपत्यकाबाट एक–एक गरेर १२ सहमहामन्त्री बनाउन प्रस्ताव गरिएको छ ।
त्यसैगरी ३ जना उपाध्यक्ष , एक महामन्त्री र ४ जना सहमहामन्त्री मनोनित गरिनेछ साथै मनोतिन गर्दा निर्वाचित केन्द्रिय सदस्यबाट मात्र गर्ने प्रस्ताव बैठकमा पेश गरिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice