राष्ट्रिय सरकार गठन नभए ओली सरकार नै मेरो प्राथमिकताः प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिय सरकार गठन नभए ओली सरकारलाई नै निरन्तरता दिने बताएका छन् । पोखरामा आयोजित कार्यक्रममा उनले आफु बहुमतिय सरकारको खेलमा नलाग्ने बताए ।
‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भइरहेको छ’ दाहालले भने सहमति जुट्न सकेन भने ओली सरकारले नै निरन्तरता पाउँछ ।’
उनले आफ्नो नेतृत्वमा बहुमति सरकार बन्ने हल्ला गलत भएको दावी गरे । ‘म बहुमतिय सरकारको प्रधानमन्त्री हुन्न’ उनले भने राष्ट्रिय सरकार बने त्यसको नेतृत्व लिन तयार छु ।’ उनले राष्ट्रिय सरकारको नेतृत्व बारे एमालेसँग भएको जेन्टिलमेन एग्रिमेन्ट कार्यान्वयनका लागि दुवै दल तयार भएको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice