मधेसी मोर्चाका नेताबीच गोली हानाहान

काठमाडौं । आन्दोलनमा एक भएपनि ऐजण्डामा विभेदले विवाद निम्त्याउँदै आएको मधेसी मोर्चाभित्र अब झडप समेत हुँन थालेको छ । सामान्य जग्गा विवादमा तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादव कुटाकुट भएको छ । घरमा कम्पाउण्ड लगाउने विषयमा विवाद हुँदा चार जना घाइते भएका छन्।
झडपका क्रममा रायको टाउकोमा चोट लागेको छ । उनको हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमले जनाएको छ । झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन्। प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक बरामद गरेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice