१७ हजार अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक, सहकारीले बिद्यालय खोल्न नपाउने

काठमाडौ । देशभरका सामुदायिक बिद्यालयमा अध्यापन गराइरहेका करिव १७ हजार अस्थायी शिक्षकहरुलाई गोल्डेन हृयाण्डसेक गर्न सरकारलाई बाटो खुलेको छ । ब्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पारित गरेपछि अस्थायी शिक्षकलाई बिदा दिन सरकारलाई सजिलो भएको हो । पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई आधा महिनाको तलब बराबरको रकम दिने,  दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई एक महिनाको तलब र  पन्ध्र वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई डेढ महिनाको तलब दिएर विदा गर्ने ऐनमा ब्यवस्था गरिएको छ ।
पारित शिक्षा ऐन अनुसार अव सहकारी र गुठी संस्थानहरुले अब बिद्यालय सञ्चालन गर्न नपाउने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice