प्रचण्डभन्दा देउवालाई राष्ट्रिय सरकारको बागडोर दिने एमालेको आन्तरिक तयारी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार नबने ब्यवस्थापिका संसदको ठुलो दल नेपाली कांग्रेसलाई सत्ताको बागडोर दिने आन्तरिक गृहकार्य थालेको छ । राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बन्ने दावी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका बेला एमाले नेताहरुले भने राष्ट्रिय सहमतिको सरकार कांग्रेसको नेतृत्वमा बनाउने गरी गृहकार्य छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा वरिष्ठ नेता झलनाथ खनाल र महासचिव इश्वर पोखरेल भए आफ्नै पार्टीको नेतृत्वमा नभए कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने तयारीमा जुटेका छन् । माओवादीसँग सरकार परिवर्तनका लागि कुनै पनि सहमति नभएको दावी गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले बाधक नहुँने दावी महासचिव पोखरेलले गरेका छन् । ‘राष्ट्रिय सहमतिको सरकार बनाउन एमाले बाधक छैन, तर सहमति पुष्पकमल दाहालजीको नेतृत्वमा मात्र बन्छ भन्ने कुरा होइन कांग्रेसको नेतृत्वमा पनि बन्न सक्छ’ महासचिव पोखरेलले भने ।
कांग्रेस या एमाले मध्ये एकले राष्ट्रिय सरकारको नेतृत्व गर्ने गरी अहिले छलफल केन्द्रीत भएको छ । वरिष्ठ नेता खनाल, महासचिव पोखरेलसहितका नेताहरु र कांग्रेसका कृष्णप्रसाद सिटौला लगाएतका नेताबीच छलफल भइरहेको छ । दुवै दलले सरकारको नेतृत्व दावी गरिरहेका छन् । कांग्रेसले पनि आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन डा. शेखर कोइराला, सिटौला र बालकृष्ण खाँडलाई खटाएको छ ।
उता कांग्रेस एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका नेताहरुसँग पनि नियमित भेटघाट गरिरहेका छन् । महासचिव कृष्णबहादुर महरासँग एमाले र कांग्रेसका नेताहरुले छुट्टाछुट्टै छलफल गरेको स्रोतले बताएको छ ।

One thought on “प्रचण्डभन्दा देउवालाई राष्ट्रिय सरकारको बागडोर दिने एमालेको आन्तरिक तयारी

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice