न जन्मदा प्रम थिएँ नत मर्दा प्रधानमन्त्री पद लिएर जान्छु

काठमाडौं । सत्ता रस्साकस्सी चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भावनात्मक अभिब्यक्ति दिएका छन् । ‘म जन्मदा प्रम नै भएर जन्मेको होइन र मर्दा पनि प्रधानमन्त्री पद लिएर जान्न’ दुईदिने नागरिक संवाद कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले भने ‘काँघ फेर्नु परयो भन्दै हुनुहन्छ केही साथीहरु मेरो काँध थाकेकै छैन ।’ ।
ओलीले प्रधानमन्त्री छाड्नु पर्ने कारण देखाउन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई चुनौति दिएका छन् । ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदैछ, यो मलाई स्वीकार्य छैन ।
ओलीले आफु प्रधानमन्त्री जटिल अबस्थामा बनेको र अहिले केही सुधार आएको बताए । ‘नाकाबन्दी खुलेको छ, तराईको आन्दोलन सेलाएको छ, उनले भने ‘देश आर्थिक बृद्धितर्फ पनि गइरहेको छ ।’

One thought on “न जन्मदा प्रम थिएँ नत मर्दा प्रधानमन्त्री पद लिएर जान्छु
  1. For good works we should support anyone.Prime Minister has started to do good .we should give him time and help him rather insulting him. Let’s learn to respect good works no matter who belong to which party.just we need patriotic leaders.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice