एमाले पार्टीलाई पैसा बढी भएपछि ……..

सबैभन्दा कम लागतको वोल पत्र आह्वान गर्ने कम्पनीलाई काम गर्ने दिने प्रचलित नियम  विपरित एमालेले सबैभन्दा वढी वोलकवोल गरेको कम्पनीलाई पार्टी कार्यालय भत्काउने जिम्मेवारी दिएको छ ।
भूकम्पले क्षतीग्रस्त पार्टीको बल्खु स्थित पार्टी कार्यालय भत्काउनका लागि एमालेले सार्वजानिक  बोलपत्र आह्वान गरेको थियो ।
पर्टी कार्यालय भत्काउन बोलपत्र बुझाएका अठार कम्पनी मध्ये सबैभन्दा बढी रकम माग गरेका श्री राम श्रेष्ठलाई छनौट गरिएको एमालेले जनाएको छ ।  (काठमाडौं–११, माइतीघर) मा रहेको श्रेष्ठको कम्पनीले ३१ लाखमा पार्टी कार्यालय भत्काउने भएको छ । जबकी  सात लाखदेखि ३१ लाखसम्मको आशयपत्र प्राप्त भएका थिए ।
तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गर्दै जेठ २१ गतेसम्म नेकपा (एमाले) केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्झौताका लागि उपस्थित हुन सूचना गर्ने निर्णय गरिएको छ’ पार्टीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । १८ वटा आशयपत्र प्राप्त भएकामध्य सबैभन्दा वढि ३१,००,००१। दोश्रोमा २७,१५,५५५ तेश्रो २७,०५,५२५। गर्ने कम्पनीहरुले बोलपत्र आह्वान गरेका थिए भने न्यूनतम ७,००,०००।को बोल कबोल गरिएका थियो ।
एमाले कार्यालय व्यवस्थापन कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी कार्यालय धुम्वाराहीमा बुधबार बैठक बसेर श्रीराम श्रेष्ठलाई पार्टी कार्यालय भत्काउने सम्झौताका लागि उपस्थित हुन सूचित गरेको छ । केन्द्रीय कार्यालय भवन सुरक्षितसाथ भत्काई त्यसका सबै सामग्री हटाउन र घडेरी सफा गर्न २०७३ जेठ ११ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice