डिजेल र पेट्रोलमा प्रतिलिटर चार रुपैया मुल्यबृद्धि हुने

काठमाडौं । लगातार घटिरहेको डिजेल तथा पेट्रोलको मुल्यमा प्रतिलिटर करिव पाँच रुपैया बृद्धि हुने भएको छ । १ जुनबाट लागु हुनेगरी भारतीय आयल निगमले मुल्य बृद्धि गरेपछि नेपालमा पनि पेट्रोलयम पदार्थमा मुल्यबृद्धि हुने भएको छ ।
इन्डियन आयल कर्पाेरेशनले राती १२ बजेदेखि लागु हुनेगरी भारतमा मुल्यबृद्धि गर्न लागेको छ । भारतले पेट्रोलमा २ रुपैया ५८ पैसा प्रतिलिटर र डिजलमा २ रुपैया २६ पैसा मुल्य बढाउँदैछ । त्यही अनुपातमा नेपालमा पनि प्रतिलिटर करिव ४ रुपैया मुल्य बढ्ने अनुमान नेपाल आयल निगमले गरेको छ ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यबृद्धि भएपछि त्यसको प्रभाव भारत र नेपालमा पनि पर्ने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice