महत अर्थमन्त्री हुँदा यसरी चुहिएको थियो बजेट !

एउटाले गल्ती गर्यो,अरुले किन गर्न नपाउने ? भन्ने आशय त होइन यो तर सत्यलाई कसैले कुनैपनि बाहनामा ढाकछोप गर्न हुँदैन,मिल्दैन । दुईवटा उदाहरण यस्ता छन डा रामशरण महतले ०७१/७२ को बजेट ०७१ साल असार २९ गते आइतवार पेश गरे ।र,त्यसबारे शनिवार साँझ राष्ट्रपति डा रामवरण यादवलाई बिफ्रिङ पनि गरे । त्यसबारे कान्तिपुरले अघिल्लो दिननै खबर छाप्यो । एक रुपैंया पनि फरक नहुने गरी समचारमा आएझैं ६ खर्ब १८ अर्बको वजेट सार्वजानिक भयो । अर्काे वर्षेको वजेट पनि असार २९ मै सार्वजानिक गरियो । नागरिक दैनिकले समेत यो समाचार अघिल्लो दिन नै छापिसकेको थियो । विजमाण्डु डटकमले सोही दिन बिहान ११ वजेर ५२ मिनेट जाँदा गरेको न्यूज अपडेटमा यस्तो लेखेको थियो­८ खर्ब, १९ अर्ब ४६ करोड,८६ लाख १९ हजारको बजेट ल्याउने टुंगो लगाएर अर्थमन्त्री खाना खान धुम्बाराही घर प्रस्थान गर्नुभएको छ । फर्केर ३ बजे क्याविनेट मिटिङ बसी ४ बजे संसदमा बजेट भाषण गर्नुहुने छ । यहीँनेर कहिँ त्रुटी देखिदैन । सोही अंकको बजेट भाषण भयो । इन्भेष्टमेन्ट बैंकले दिएको राहतको जस्ता पाता बेचेर खाने उनै महतका नीजि सचिव फाँट फाँटमा गएर वजेट छापिँदा छापिँदै ‘एक प्रति प्रिन्ट आउट देउ त’ भन्दै हिड्थे । उनैका मान्छे अहिले पनि अर्थ मन्त्रालयमा सह सचिव,उप सचिवका हैसियतमा काम अहिले पनि अर्थ मन्त्रालयमा तैनाथ छन । वजेट कहाँबाट कसरी ‘लिक’ भयो भनि काग्रेसीजनहरुले यता पो खोज्ने कि पो भन्छन त पर्यवेक्षकहरु !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice