राप्रपाको चियापानमा कोमल वलीको चर्चा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो  २७ औँ स्थापना दिवस मंगलबार राजधानीमा धुमधामसँग मनायो । स्थापन दिवसको चियापानमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसम्म पुगे । तर चर्चा भने गायिका कोमल वलीकै बढि भयो ।
चियापानमा पुगेकी कोमलले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई जिस्क्याउन पछि परिनन् । चियापान कार्यक्रममा सरकार परिवर्तनको ठुलो हल्ला भएपनि कोमलको कोमल गफलमा नेतादेखि विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसम्म रमाए ।
कोमलले ‘म पनि पार्टीकी मान्छे’ भन्दै राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर जवरालाई मख्ख पारिन । तर उनले म राप्रपाकी सदस्य भनिन् । तर पशुपतिले आफ्नै पार्टीकी सदस्यका रुपमा बुझे र हाँसे ।

One thought on “राप्रपाको चियापानमा कोमल वलीको चर्चा
  1. Greetings from Idaho! I’m bored to death at work so I decided to browse your blog on my
    iphone during lunch break. I love the information you present here and
    can’t wait to take a look when I get home. I’m amazed at how quick your blog loaded on my cell phone ..
    I’m not even using WIFI, just 3G .. Anyways, good site!

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice