अर्थमन्त्री बिष्णु पौडेलमाथी छानविन गर्न सत्तारुढ दल सहमत

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको माग अनुसार बजेटका सुचना चुहावटको छानविन समिति गठन गर्न सत्तारुढ दलहरु तयार भएका छन् । ब्यवस्थापिका संसदमा बजेट प्रस्तुत हुनुपूर्व सञ्चारमाध्यममा बजेटका सुचना चुहिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छानविन समिति गठन गर्न माग गरेको थियो ।
कांग्रेसका मागलाई सम्बोधन गर्न र बजेटका सुचना चुहावट भए नभएको छानविन गर्न संसदीय समिति गठन हुने भएको छ । छानविन समिति गठन गर्न सत्तारुढ दलहरु तयार भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए ।
बजेट भाषण भन्दा पहिले नै सुचना चुहिएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार चार पटक संसद अवरुद्ध गरेको थियो । संसदको अवरोध हटाउन मंगलबार विहान बसेको सत्तारुढ दलको बैठकले संसदीय छानविन समिति बनाउन तयार भएको हो ।
छानविन समिति गठन गर्न सत्तारुढ दल तयार भएपछि आजै सर्वदलिय बैठक बस्ने भएको छ । सर्वदलिय बैठकमा छानविन समितिको टुंगो लाग्ने छ भने त्यसको अनुमोदन ब्यवस्थापिका संसदले गर्नेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice