हो म मोडलिङबाट पलायन हुँदैछु

काठमाडौं । सन् २०१३ मा फेन्डसिपको अवार्ड जितेपछि मोडलिङ पेशामा आएकी १८ बर्षीय लहिमा राज्यलक्ष्मी राणा अहिले यो पेशाबाट पलायन हुँदैछन् । ‘मोडलिङ पेशा रहर लाग्दो छ तर भरलाग्दो छैन’ भन्दै उनले पेशाबाट पलायनको बाटो रोजेकी छिन् । ‘यो पेशामा भविश्य नदेखेपछि म पलायन हुन लागेकी हुँ’ उनले भनिन् ।
दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी राणाले मोडलिङ पेशामा आफ्नो भविश्य देखिनन् । उनले पलायनको बोटो रोज्दै अस्ट्रेलिया पुग्ने विचार गरेकी छिन् । ‘यो पेशामा न त दाम छ नत दाम अनुसारको काम नै छ’ उनले भनिन् । 1
अध्ययनका सिलसिलामा आफु अस्ट्रेलिया जान लागेको बताउँदै उनले बीएससी नर्सिङ पढ्ने योजना बनाएकी छिन् । नर्सिङमा भर्ना नमिले आइटी इन्फर्मेशन टेक्नोलाजीका बिषयमा अध्ययन गर्ने योजना सुनाइन । अस्ट्रेलिया जानु भन्दा अगाडीसम्म आफुले निरन्तर म्यूजिक भिडियोमा अभिनय गर्ने तर उताबाट फर्केपछि यो पेशामा लाग्ने या नलाग्ने बिषयमा अन्यौल रहेको बताइन ।
उनले नेपालमै अध्ययन गर्न चाहेको तर बन्द र हड्तालका कारण बिदेशको यात्रा तय गर्न लागेका बताइन । ‘यहाँ पनि अध्ययन गर्नका लागि राम्रो ठाउँहरु छन् तर देशको अवस्थाले पढ्ने अवसर नै मिल्दैन’ उनले भनिन् । 2 3

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice