bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/25795 ) ) )

अर्थमन्त्री बिष्णु पौडेललाई कारवाही गर्न कांग्रेस सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अर्थमन्त्री बिष्णु पौडेललाई कारवाहीको माग गर्दै ब्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेको छ । ब्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुभन्दा पहिले नै अर्थमन्त्रीले सञ्चारमाध्यमलाई सुचना दिएको भन्दै कांग्रेस सभासद्हरुले निस्पक्ष छानविनको माग गरेका छन् ।
सोमबार बैठक सुरु हुनसाथ नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले अर्थमन्त्री पौडेलमाथी निस्पक्ष छानविनको माग गरेका हुन् । ‘ब्यवस्थापिका संसदमा बजेत पेश हुनुभन्दा पहिले सञ्चारमाध्यममा कसरी गयो ? महतले भने ‘अर्थमन्त्रीले संसदको अनुशासन र बजेटको गोपनीयता राख्न सक्नु भएन, यसको स्वतन्त्र छानविन हुनपरयो ।’
पूर्वअर्थमन्त्री महतले संसदको क्षेत्राधिकारमाथी मानहानी गरेको आरोप लगाएपछि कांग्रेस र मधेसी मोर्चा सम्बद्ध दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले बजेट प्रस्तुत हुनुभन्दा पहिले नै चुहावट हुँदा आर्थिक अनुशासन उलंघन हुने चेतावनी समेत उनले दिए ।
प्रतिपक्ष दलको अवरोधपछि सभामुख ओनसरी घर्तिले बैठक आधाघण्टाका लागि स्थगित गरेकी थिइन ।

One thought on “अर्थमन्त्री बिष्णु पौडेललाई कारवाही गर्न कांग्रेस सांसदको माग
  1. काङ्ग्रेसी बहुलाए ! जनताको पक्षमा बजेट आएको यी जस्तापाता चोर तिल्मिलाए !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice