माछापुच्छ्रेको जग्गा खरिदमा प्राइम बैंकको घोटाला

काठमाडौं । बैंकरहरुले सबैभन्दा वढि घोटला गर्ने क्षेत्र भनेकै सफ्टवेयर खरिद र जग्गाको खरिदमा । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले नयाँ सफ्टवेयर खरिदको नाममा करौडौ रकम हिनामिना गरेको घटना सेलाउन नपाउदै अर्काे वाणिज्य बैंकमा जग्गा काण्ड मच्चिएको छ । हो,यस्तै घोटला काण्डमा फसेको छ,अहिले अव्वल ठानिएको प्राइम बैंक ।

स्मरणीय छ,प्राइम बैंक सभासद् उमेश श्रेष्ठहरुको लगानीमा सञ्चालित बैंक हो । शैक्षिक माफियाको रुपमा चिनिएका श्रेष्ठहरुको समूहले सर्वसाधारणले खाई नखाई बैंकमा जम्मा गरेको पैसामा कसरी रजाई गर्छन भन्ने उदाहरण पनि हो यो । प्राइम बैंकका तत्कालिन अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, सीईओ नारायणदास मानन्धर, डिजिएम भाइराजा तुलाधर र माछापुच्छ् बैंकका अध्यक्ष सूर्यबहादुर केसीको मिलोमत्तोमा कमलपोखरीस्थित ३१ आनामा विना नक्सापास मापदण्ड विपरित बन्दै गरेको भवन खरिद गर्दा व्यापक घोटाला गरिएको हो ।
यसरी भयो घोटला
तत्कालीन स्ट्याण्डर्ड फाइनन्सको नाममा रहेको जग्गा हो यो । जुन फाइनन्स माछापुच्छ्रे बैंकसँग मर्ज भइसकेको छ । त्यो जग्गा प्राइम बैंकले किन्ने भयो । र प्रक्रिया अगाडि वढ्यो । ३१ आना जग्गामा रहेको उक्त भवनको बजारमूल्य १३ करोड भन्दा  माथि पर्दैन । तर बैंकले २९ करोड के आधारमा  भुक्तानी ग¥र्यो ? प्राइम बैंकका भ्रष्ट पदाधिकारीहरुले दोब्बर भन्दा बढी हाली खरिद गरेका छन् । सो भवन र जग्गा खरिद वापत प्राइम बैंकका तत्कालिन अध्यक्ष राजेन्द्रदास श्रेष्ठ, सीईओ नारायणदास मानन्धर, डिजिएम भाइराजा तुलाधर र तत्कालिन निर्देशक उमेश श्रेष्ठ (हालका अध्यक्ष)ले राम्रै कमिशन समेत खाएको चर्चा अहिले प्राइम बैंकतिर चल्ने गरेको छ ।

माछापुच्छ्रे बैंकका अध्यक्ष सूर्यबहादुर केसी र प्राइम बैंकका व्यवस्थापन समितिका पदाधिकारीहरुको ग्राइन डिजाइनमा आनाको ४० लाख पनि नपर्ने जग्गा आनाको झण्डै एक करोड तिरेर गोप्यरुपमा खरिद  गरिएको स्रोतको दावी छ । नक्सा विपरीत भवन निर्माण गर्दा गरिएको उक्त भवन जिर्णोद्धार अवस्थामा देख्न सकिन्छ । नियम अनुसार त्यति ठूलो रकम लगानी गर्दा  कुनै पनि संस्थाले टेण्डर आह्वान गर्नुपर्ने भए पनि कुनै त्यस्तो कार्य नगरेको र खरिदकर्ता संस्था र विक्री कर्ता संस्थाले मनोमानी ढंगले खरिद विक्री गरेका कारण संबन्धित निकायले यी दुबैं बैंकलाई आर्थिक घोटालाको विषयमा छानविन गर्नुपर्ने देखिएको छ ।

वित्तिय संस्थाहरुको नियमानकारी संस्था राष्ट्र बैंकले पनि यसरी सर्वसाधारणको शेयर रहेको बैंकको आर्थिक घोटाला र मनोमानी ढंगमा व्यवस्थापनका पदाधिकारीहरु मिली जग्गा र भवन खरिदमा व्यापक अनियमितता गरेको बारेमा छानविन गर्नुपर्ने देखिन्छ । स्मरणीय छ,लगनखेलस्थित प्राइम बैंक बसेको घर भाडा प्रति महिना ५ लाख भन्दा माथि तोकिएको छ । जबकी त्यस्को चल्तीको भाडा मासिक १ लाख पनि पर्दैन । उक्त रकम प्राइम बैंकले के आधारमा तिरिरहेको छ ? सर्वसाधरण सेयरधनीहरु समेत यस्को जवाफ खोजिरहेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice