bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/25523 ) ) )

आयो बादलको कडा कुरा: प्रचण्डसँग स्वभाव मिल्दैन, बाबुरामको भविष्य उज्यालो,वैद्यको भविष्य छैन

क्राान्तिकारी माओवादीबाट बैद्यलाई छाडेर प्रचण्ड माओवादीमा एकीकरण गर्न आएका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग आफ्नो स्वभाव नमिल्ने बताएका छन् ।  उनले भविष्यवाणि गर्दै बाबुराम भट्टराईको भविष्य अन्धकार नभएको र मोहन बैद्य किरणको भविष्य उज्यालो नभएको बताएका छन् । त्यस्तै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बामपन्थी दक्षिणपन्थीको संज्ञा दिएका छन् ।

बाबुरामजीको भविष्य अन्धकार छैन

बाबुरामजीले साम्यवादी सिद्धान्त नै परित्याग गर्नुभयो । यस कोणबाट हेर्दा अबको कम्युनिस्ट आन्दोलनमा उहाँको भविष्य छैन, त्यसको घोषणा स्वयम उहांले नै गर्नुभएको छ । अब उहाँले जुन दर्शन र राजनीति अवलम्बन गर्नुभएको छ, त्यो बुर्जुवा, पुँजीवादी राजनीति नै हो । पुँजीवादी राजनीतिका लागि यो देशमा पर्याप्त वस्तुगत आधार छन् । त्यसैले पुँजीवादी पार्टी वा त्यो वर्गको राजनीति गर्दा उहाँको भविष्य राम्रै हुन सक्छ । आत्मगत रूपमा पनि उहाँले सो वर्गको राम्रो प्रतिनिधित्व गर्न पनि सक्नुहुन्छ । उहाँले बुर्जुवा वर्गको राम्रै सेवा गर्न पनि सक्नुहुन्छ । यस कोणबाट उहाँको भविष्य मत्यति अँध्यारो देख्दिनँ । तर, उहाँसामु ठूलो चुनौती भने छ । नेपालको बुर्जुवा राजनीतिमा उहाँभन्दा स्थापित पार्टी तथा नेता छन् । उनीहरूसित उहाँले निकै कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

वैद्यजीको भविष्य उज्यालो छैन

उहाँले जुन एकांगी ढंगको कार्य्दिशा अवलम्बन गर्नुभएको छ, त्यसका आधारमा भन्नुपर्छ, उहाँको भविष्य त्यति उज्यालो छैन । उहाँको राजनीति विसर्जनतिर जान्छ । बाटो नै त्यही हो, जनताबाट अलग हुने बाटो हो भन्ने हाम्रो बुझाइ छ । उहाँ अहिले जुन बाटो हिँडिरहनुभएको छ, यसले उहाँलाई कम्युनिस्ट आन्दोलनबाटै अलग गर्छ । यसले उहाँलाई एउटा संकीर्णतातिर धकेल्छ । एउटा गुटका रूपमा त उहाँ रहन सक्नुहुन्छ तर एउटा आन्दोलनको नेतृत्वचाहिँ उहाँले गर्न सक्नुहुन्न । त्यस्तो त विल्पवसंग पनि उहांको कुराकानी भइरहेको छ भन्ने हामीले सुनिरहेका छौँ । उहाँहरू एकताबद्ध हुने, ध्रुवीकरण हुने सम्भावनालाई नकार्न सकिन्न । उहाँहरू ससानो गुटका रूपमा रहनुभन्दा एकताबद्ध हुँदा नै कम्युनिस्ट आन्दोलनलाई फाइदा पुग्छ । त्यसैले उहाँहरूलाई हाम्रो शुभकामना छ । अझ हामी त सबै माओवादी पार्टी एकै ठाउँमा एउटै आधारमा उभिनुपर्छ भन्ने हो । विप्लवजी अर्थात् वामपन्थी दक्षिणपन्थी विप्लवजीको कार्यदिशा अस्पष्ट छ । उहाँहरूले दीर्घकालीन जनयुद्ध पनि होइन भन्नुहुन्छ । विद्रोहको कार्य्दिशा भने पनि त्यो प्रस्ट छैन । एकीकृत क्रान्तिको सिद्धान्त त भन्नुहुन्छ, तर त्यो अस्पष्ट छ । न त उहाँहरू अहिले शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने दिशामा हुनुहुन्छ, न युद्धलाई मूल साधन बनाएर जनताको राज्यसत्ता स्थापनार्थ क्रान्ति गर्ने बाटोमै हुनुहुन्छ । शब्दमा विद्रोहका कुरा गरे पनि व्यवहारतस् उहाँहरूले केही गर्नुभएको छैन । त्यसैले, राजनीतिक कोणबाट भन्नुपर्दा यो वाम रूपको दक्षिणपन्थी प्रवृत्ति नै हो । यो धेरै दिन अघि जान्छ भन्ने हामीलाई लाग्दैन । विप्लवले जुन ढंगको राजनीतिक बाटो समातिराख्नुभएको छ, त्यसको भविष्य छैन भन्ने नै हाम्रो राजनीतिक आँकलन रहेको छ । त्यसले उहाँले राखेको लक्ष्यसम्म र्पुयाउन सक्दैन । हिजो उहाँले जे दाबी गर्नुभएको थियो, अहिले यहाँसम्म आइपुग्दा त्यो सही साबित हुन सकेको छैन । यसले गर्दा पनि उहाँहरू एकता अभियानमा समाहित हुनुहुन्छ भन्ने हामीलाई आशा छ । तत्काललाई भने त्यो सम्भावना छैन । आफ्नै प्रवृत्तिविरुद्ध पनि म संघर्षमा छु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice