सांसद दुमनसिंह थापा दम्पत्ती बैकको कालो सूचीमा

मेघा बैंकका पूर्व सञ्चालक समेत रहेका सांसद दुमनसिंह थापा क्षेत्री, उनकी श्रीमती गीता भण्डारी थापा र व्यवसायीक साझेदार बलबहादुर पुनको नाममा बैंकले ३५ दिने ऋण चुक्ता गर्ने सूचना जारी गरेको छ । सांसद थापाले लिएको अटो लोट र वाटर एण्ड इनर्जी नेपाल प्रा.लि कम्पनीको नाममा लिएको कर्जा समयमा भुक्तानी नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडेले कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको हो । यसअघि जनता बैंकले हाईल्याण्ड माईनिङ प्रा लि.को नाममा लिएको कर्जा भुक्तानी गर्न ३५ दिने सूचना जारी गरेको थियो ।
सांसद थापा पटक पटक बैकिङ कारोबारमा विवादमा पर्दै आएका व्यक्ति हुन । थापा २०७० मंसिर ४ गतेको संविधानसभा चुनावमा एमालेको तर्फबाट अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice