ज्योतिषीको सल्लाहमा माओवादीको नाम परिवर्तन !

धर्म कर्मलाई अफिम मान्ने कम्युनिष्ठहरु त्यही धर्म कर्म र ज्योतिष विद्याका आधारमा चल्दछन भने त्यसलाई ढोंग नमानेर के मान्ने ? कहिले सुनसरीको चतरा पुगेर साढे सात ग्रह शान्त गर्ने नाममा भैसी पूजा गर्न त कहिले रातारात कालीबाबाको चरण कमलमा पुगेर आर्शिवाद लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आलोचित भएकै हुन ।
यसैबीच,हालै मात्र नेकपा १० माओवादी समुहबीचको एकतापछि बनेको नेकपा (माओवादी केन्द्र)को नाम ज्योतिषीय सल्लाहमा परिवर्तन गरिएको खुलासा भएको छ । सगरमाथा टेलिभिजनले  ज्योतिष दीपक सुबेदीसँग लिइएको अन्तर्वार्ताले यस्तो खुलासा गरेको हो । सगरमाथा टेलिभिजनका एसटिभि च्याट कार्यक्रम सञ्चालक जीवराम भण्डारीसँग ज्यो.दीपक सुवेदीले  पुष्पकमल दाहाल (प्रचण्ड)लाई ए बाट बाट सुरु हुने कुनै पनि नाम नफाप्ने बताएका थिए ।  तत्कालिन एनेकपा माओवादी काक्राको चिरा झै टुक्रा टुक्रा हुनुमा पनि यही नामले काम गरेको उनको विश्लेषण थियो ।त्यसको एक महिनापछि धेरै माओवादी पार्टीहरू एकिकृत हुँदा भने पार्टीको नामबाट एकिकृत शब्द हटाउनुमा सो संवादमा उनैले भनेको कुराको प्रभाव परेको बुझिन्छ ।

हेर्नुहोस,सगरमाथा टेलिभिजनमा ज्योतिष सुबेदीको अन्तरवार्ता अंश जस्ताको तस्तै

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice