मैले प्रचण्ड कमरेडलाई लगाएको संगिन आरोप प्रमाणित भएन

रामबहादुर थापा( नेता नेकपा माओवादी केन्द्र)
हो प्रचण्डलाई संगिन आरोप लगाउँदै तीन बर्षअघि हामीले पार्टी विभाजन गरेका थियौ । कमरेड किरणको नेतृत्वमा सवै कम्यूनिष्टहरुलाई एकताबद्ध गर्ने र जनवादी क्रान्ति पुरा गर्ने उदेश्य राखेर विभाजन भएका थियौ । तर किरण कमरेड एकतामा आउन सक्नु भएन । हामीले प्रचण्ड कमरेडलाई लगाएका आरोप र उहाँले लगाएका आरोप दुवै प्रमाणित हुन सकेनन् । र हामी एकताको बाटोमा आयौ ।
पार्टी विभाजन हुँदा सवैभन्दा बढि सक्रिय म नै थिएँ । तर त्यो निर्णय अहिले गलत सावित भयो । केही कुरा प्रचण्ड कमरेडले पनि सुधारर्ने प्रतिबद्धता जनाउनु भएको छ । विगत ५, ७ बर्षको अब माओवादी रहेन । नयाँ माओवादी गठन भएको छ । हामी छिट्टै यसको महाधिबेशन पनि गर्दैछौ ।
प्रचण्ड कमरेडले नेतृत्व गरेको माओवादी संविधान सभामा भाग लियो । तर हामीले भाग नलिएर बिथाल्ने प्रयास गरयौ । प्रचण्ड कमरेडले संविधानसभाबाट संविधान बनाउने कुरा गर्नु भयो, हामीले सर्व पक्षिय सर्वदलिय छलफलबाट संविधान बनाऔ भन्यौ । प्रचण्ड कमरेडहरुले संविधान बनाएर खुसीयाली मनाउनु भयो, हामीले आपत्ती जनाउँदै संविधानको प्रति जलाऔ । तर अव क्रान्तिकारी माओवादी र एमाओवादी लगभग बिघटन भइसकेका छन् । यी दुवै गतिविधीलाई नयाँ उचाईबाट हेर्ने र मुल्याडकन गर्ने काम हाम्रो हो ।
प्रचण्ड कमरेडले स्वीकार गरेपनि हामी यो संविधान पूर्णरुपमा स्वीकार गर्ने पक्षमा छैनौ । संघियता, लोकतान्त्रिक गणतन्त्र, जस्ता बिषय हाम्रा युद्धकालिन मुद्दा हुन । ति केही मुद्दा अहिले संविधानमा सुरक्षित भएका छन्, त्यसलाई समर्थन गर्दछौ । तर पूर्ण समानुपातिक प्रणाली नभएसम्म हामी स्वीकार गर्न सक्दैनौ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice