• शुक्रबार ०३, कार्तिक २०७४

अर्चनालाई ‘छेस्को’ दिदा अरुलाई आपत्त

लफडाको अर्काे नाम पो हुन थाल्यो त अर्चना पनेरु । केही समय अगाडि मात्रै उनै अर्चनाका कारण वरिष्ठ कलाकर्मीहरुले सास्ती पाएको खबर सेलाउन नपाउदै पोखरामा अर्चना पनेरुहरुको टोलीलाई प्रहरीले समायो । ‘जिष्म’नामक चलचित्रमा भएको यो लफडा सेलाउन नभ्याउदै फेरि अर्काे लफडा थपिएको छ । लफडा पनि कस्तो कस्तो ! पोर्न स्टार बन्छु भन्दै हिडेकी उनै अर्चना पनेरुलाई एउटा चलचित्रमा अनुबन्धित गरिदा खैलाबैला मात्र मच्चिएको छैन । त्यस चलचित्रमा कार्यरत कलाकर्मीहरुले अर्चनाको दृश्य राख्ने भए चलचित्रबाट आफ्नो दृश्य नै हटाउन अनुनय विनय गर्न थालेका छन ।
प्रंसग हो,डेढ वर्ष अगाडि नै छांयाकन सकिएको ‘छेस्कोको । अर्चनालाई फिल्ममा ल्याएर केही दृश्य पुनः छायांकन गरिएसँगै अभिनेत्री पवित्रा आचार्यले आफ्ना सबै दृश्य हटाउन आग्रह गरिन् त्यसपछि अर्की कलाकार राधिका घिमिरेले पनि सबै दृश्य हटाउन अनुनय विनय गरेकीछिन । अन्य कलाकर्मीहरुले समेत आफ्नो दृश्य हटाउन माग गर्न थालेका छन ।
फिल्ममा अर्चनाले केही दृश्य र एक गीतमा अभिनय गरेकी छिन । तर निर्माण टिमले अर्चनालाई लिड कलाकार भन्दै उनकै नाङ्गो तस्विर छरेर प्रचार गर्न थालेपछि अन्य कलाकर्मीहरु चिढिएका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice