bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/25166 ) ) )

प्रहरी जवानको काम ,डिएसपीको मावलीमा बनाउदैछन खोर धमाधम

सशस्त्र प्रहरी बलको काम के हो ? सीमा सुरक्षा गर्ने, दंगा नियन्त्रण गर्ने र तस्करी रोक्ने । तर, इलाममा सशस्त्र प्रहरीको जिम्मेवारी फरक छ । त्यहाँ हाकिमका मावलीको घरमा कुखुराको खोर बनाउने जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । तस्बिरमा देखिएका युवाहरू बर्दी नलगाए पनि सशस्त्र प्रहरीका जुनियर अधिकारी हुन् । उनीहरू इलामको श्रीअन्तु गुल्मका गुल्मपति डिएसपी लकेश तुम्बाहाम्फेका मामाको घरमा कुखुराको खोर बनाउँदै छन् । स्थानीय दीपराज आङदेम्बेलाई कुखुरा पाल्न मन लाग्यो । तर, खोर बनाउने कसले ? समस्याको समाधान सशस्त्र प्रहरीका हाकिमले गरिदिए । उनका भान्जाभाइ तुम्बाहाम्फे प्रहरीका डिएसपी भएकाले जवानहरू खोर बनाउन खटाएको खबर नयाँ पत्रिका  लेखेको छ।
गुल्मपतिले थर्काएपछि फार्म बनाउन तयार
आइतबार दिनभरि श्रीअन्तु गुल्मका वरिष्ठ प्रहरी हवल्दार दुर्गासिंह नेम्वाङ, वरिष्ठ प्रहरी हवल्दार दानबहादुर राई र सहायक हवल्दार गंगा खवास कुखुराको खोर बनाउन खटिएका थिए । सुरुमा उनीहरूले अरूको काम गर्न जान अस्वीकार गरेपछि डिएसपी तुम्बाहाम्फेले थर्काएर पठाएको गुल्म स्रोत बताउँछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice