मधेशी मोर्चालाई ‘सेक्न’ पानीको फोहोरा देखि अश्रुग्याससम्म

कतै राजधानी काठमाडौंमा फेरि केही उथलपुलट हुन लागेको संकेत होइन  ? होइन भने, राजधानीका चोक चोक र गल्लीगल्लीहरुमा सेना र प्रहरीहरु किन तैनाथ भएका होलान ? सर्वसाधरणहरुको मनमा चिसो पस्न थालेको छ । केही दिन देखि विशेषगरी राजधानीका मुख्य चोकहरुमा प्रहरीहरु तैनाथ गरिएको देख्न पाइन्छ ।
तराई आन्दोलन असफल भएर तुहिएसँगै मधेशी मोर्चाहरु अहिले राजधानीमा सलबलाउन थालेका छन । उनीहरुले  काठमाडौं केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको छन ।  आन्दोलनको सन्र्दभमा मधेशी मोर्चाले केही समय पछाडि उपेन्द्र यादवको पार्टी कार्यलय,तीनकुनेमा पत्रकार सम्मेलन समेत गर्दैछन ।
कहाँ कहाँ कडाई ?
यता, मधेशी मोर्चाले आगामी जेठ दुईमा सिंहदरबार घेराउ गर्ने घोषणा गरेसँगै राजधानीमा सुरक्षा व्यवस्था अत्यन्त  कडा पारिएको छ । प्रहरीले विशेषगरी होटेल तथा रेस्टुराँमा निगरानी राखेको छ । मधेसी मोर्चाले हजारौं संख्यामा कार्यकर्ता उतार्ने जनाएसँगै नयाँ बसपार्क, बागबजारका गेस्ट हाउस, सुन्धाराका गेस्ट हाउस होटेल, कालीमाटी, गौशाला धर्मशाला, नयाँबानेश्वर, कलंकीलगायत स्थानमा प्रहरीले सूक्ष्म निगरानी राखिरहेको छ । आन्दोलनकारी दलका एक घटक तराई मधेश समता पार्टीका अध्यक्ष महेन्द्र यादवले ‘आगामी  जेठ २ गते सिंहदरबार घेराउ गरी मुद्धाको सुनुवाई नभए यस्लाई अन्तराष्ट्रियकरण गर्ने आफूहरुको सोच रहेको’ उनले एस काठमाडौंलाई सुनाए । विशेषगरी बिरगंज ,बारा, पर्सा,  सिराहा, जनकपुर, धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट हजारौं कार्यकर्ता राजधानी उतार्ने तयारीमा मोर्चा जुटेसँगै प्रहरीले आफ्नो सक्रियता बढाएको हो । जसअनुसार दैनिक एक हजार मधेसी मूलका नागरिक उपत्यका प्रवेश गर्ने गरेको रिपोर्ट प्रहरीलाई मिलेको  छ ।
प्रहरीको रणनीति
स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा हिजो बसेको बैठकमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘मधेसी मोर्चाको सिंहदरबार घेराउमा प्रहरी संयमित हुन र सकेसम्म कम बल प्रयोग गर्न निर्देशन समेत गरेका छन् । उपत्यका एआईजी, उपत्यकाका तीनवटै प्रहरी कार्यालयका प्रमुख, अपराध महाशाखाका प्रमुख सम्मिलित सुरक्षा बैठकमा महानिरीक्षक अर्यालले उपत्यका प्रवेश गर्ने नाकामा विशेष सुरक्षा जाँच गर्न निर्देशन दिएका छन् । बैठकमा उपत्यकाका एआईजी प्रतापसिंह थापाले उपत्यकाको सुरक्षाव्यवस्था व्यवस्थित पारिएको र मधेसी मोर्चाको सिंहदरबार घेराउलाई लक्षित गरेर प्रहरी परिचालन भइसकेको बताए । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चार हजारको संख्यामा सुरक्षाकर्मी परिचालित हुने  एआईजी थापाले बताए । बैठकमा मोर्चाका कार्यकता उत्तेजित र आक्रामक शैलीमा उत्रे पानीको फोहोरा, अश्रुग्यासदेखि लिएर अन्तिममा स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी गोलीसमेत चलाउन प्रहरी पछि पर्न नहुने चर्चा चलेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice