लालगद्धार भन्नेहरुसँग के को एकता ?

नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत नेकपा माओवादीसँगको पार्टी एकताको सम्भावना तत्कालको लागि अन्त्य भएको वताउनु भएको छ । विहीबार राजधानीमा आयोजित कार्यक्रममा गजुरेलले एमाओवादीले संसद र सरकार दुबै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने वताउनु भयो । विगतमा सहमति नजिक पुगे पनि एमाओवादीकै नीतिको कारण पार्टी एकता हुन नसकेको गजुरेलको भनाई थियो । ‘हामी सच्चा क्रान्तिकारी कम्युनिस्टहरुवीचको एकता चाहन्छौं । हामीले पार्टी पुनःगठन गरेको बेलाको भन्दा पनि एमाओवादीको लाईन अति दक्षिणपन्थी भएकोले एकता हुन नसकेको हो । उहाँहरुसँग एकताको लागि अनौपचारिक कुराकानी भएको हो तर उहाँहरुले संविधान निर्माणको सन्दर्भमा १६ बुँदे सहमति गरेपछि कुराकानी समाप्त भएको हो’ गजुरेलको भनाई थियो ।
उहाँले एमाओवादीले क्रान्तिलाई धोका दिएकोले क्रान्तिलाई जोगाईराख्न आफूहरुले पार्टी पुनःगठन गरेको उल्लेख गर्दै अलग हुँदा एमाओवादी नेतृत्वलाई लालगद्दार भन्नेहरु नै अहिले मिल्न गएको वताउनु भयो ।  गजुरेलले महासचिव रामबहादुर थापा बादलले एमाओवादीसँग एकता नभई आन्तसर्मपण गरेको आरोप लगाउँदै बामपन्थी पार्टी्भित्र रहेका दक्षिणपन्थीहरुवीचको एकता भएको दावी गर्नु भयो । ‘दक्षिणपन्थीहरुको एकताले बामपन्थीहरुको एकताको धु्रविकरण गरेको छ । बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार भएर गर्नु भएको कथित एकता हो । उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति पार्टीले पहिला नै अस्विकार गरिसकेको आधार हो’ गजुरेलले भन्नु भयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice