पार्टी एकिकरणको मुखैमा ‘दिल दुखाउदै’ यूवराज लामाले दिए राजीनामा

एक सय सात चलचिकर्मीहरुको नेतृत्व गर्दै ६५ सालमा एमाओवादी पार्टीमा प्रवेश गरेका पूर्व कराँते खेलाडी तथा कलाकार युवराज लामाले पार्टीका पछिल्ला गतिविधी प्रति असन्तृष्ठी जनाउदै अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । माओवादी पार्टीभित्र घुक्र्याउने, दंग्याउने र पद तथा पैसाका लागि प्राण फ्याँकेर अघि बढ्ने प्रवृत्ति हाबी रहेको भन्दै विज्ञप्तीमार्फत असन्तुष्टी पोखका छन् । फ्याक्सन इन्र्चाज लीलाबहादुर थापालाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा अखिल नेपाल खेलकुद महासंघलाई पार्टी फ्याक्सनले नै चलाउने निर्णय भएपछि असन्तुष्ट हुदैँ आफूले राजीनामा दिएको उल्लेख गरिएको छ । उनले नैतिकताका आधारमा अध्यक्ष पदमा बसिरहनु उपयुक्त नभएको राजीनामा पत्रमा जनाएका छन् । ‘पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कमरेडहरु नै उचाल्ने, पछार्ने, धाउन् र खुवाउन् भन्ने कार्यमा संलग्न भएको देख्नुपर्दा मलाई दुखलागि रह्यो । यस्तो बिकृत कार्यमा प्रतिस्पर्धी हुने र पद हत्याउने कार्य मेरा निम्ति सोच्नपनि नसकिने विषय हुन् । पार्टी र भातृ संगठनहरुमा नयाँ र पुरानाको नाममा हुने गैह्र राजनीतिक विभेदले समेत म र मजस्ताहरुको मन दुख्दै आएको छ ।’ लामाले अध्यक्ष पदबाट राजीनामा दिएपनि पार्टी र खेलकूदमा भने निरन्तर लागिरहने बताएका छन् ।उनी राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत हुन् ।

२०७३।०१।२८

श्रीमान लीलाबहादुर थापा ज्यु ।
फ्याक्सन इन्चार्ज, अखिल नेपाल खेलकुद महासंघ ।
एनेकपा माओवादी, केन्द्रीय कार्यालय, पेरिषडाँडा, काठमाण्डौं ।

विषय अखिल नेपाल खेलकुद महासंघको अध्यक्षवाट राजीनामा दिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा पार्टी फ्याक्सनको २५ बैशाखमा बसेको बैठकले अखिल नेपाल खेलकुद महासंघलाई फ्याक्सन कमिटीले नै अघि बढाउने र काम–कार्यवाही गर्ने–गराउने निर्णय भएकाले महासंघको अध्यक्ष रहिरहनु नैतिकताका आधारमा उपयुक्त नरहेको मूल्याँकन गरेको छु । इन्चार्ज क., म ०६५ सालमा यस्तोवेलामा समाजमा स्थापित १०७ चलचित्र कर्मिको नेतृत्व गर्दै पार्टी प्रवेश गरेको थिएँ, जतिवेला पार्टी सरकारमा थिएन । तर, पार्टीले बोकेका परिवर्तनका एजेन्डाहरुले मलाई त्यस अभियानमा संलग्न गराइछाड्यो । म पद, प्रतिष्ठा र पैसाकालागी पार्टी प्रवेश गरेको होइन र छैन पनि । समाजले कलाकार, निर्माता र निर्देशकका रुपमा मलाई गर्ने माया नै मेरोलागी पर्याप्त छ ।पार्टीले लिएका एजेन्डाहरु नयाँ संविधानमा लेख्न सफल भएको गौरवपूर्ण वर्तमानले मलाई धेरै खुसी वनाउँछ । पार्टीका श्रद्धेय अध्यक्ष क.प्रचण्ड, महासचिव क.कृष्णबहादुर महरा, पूर्व खेलकुद मन्त्रीहरु क.हितबहादुर तमाङ र क.कमला रोका, तत्कालिन युवा तथा खेलकुद इन्चार्ज क.गणेशमान पुन र कं गणेश भण्डारी आदिले मलाई जिम्मेवारी दिन देखाउनु भएको सदासहेतालाई मेरो हृदयले सधैं धन्यबाद दिइरहने छ । इन्चार्ज क. तर, महासंघ र एनेकपा माओवादी पार्टी भित्र घुर्काउने, दंङ्याउने, पद र पैसाको पछाडि प्राण फ्याँकेर हिड्ने प्रबृत्ति मेरालागी चुनौतीपूर्ण रुपमा देखापरे । पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कम्रेडहरु नै उचाल्ने, पछार्ने, धाउन् र खुवाउन् भन्ने कार्यमा संलग्न भएको देख्नुपर्दा मलाई दुखलागि रह्यो । यस्तो बिकृत कार्यमा प्रतिस्पर्धी हुने र पद हत्याउने कार्य मेरा निम्ति सोच्नपनि नसकिने विषय हुन् । पार्टी र भातृ संगठनहरुमा नयाँ र पुरानाको नाममा हुने गैह् राजनीतिक विभेदले समेत म र मजस्ताहरुको मन दुख्दै आएको छ । इन्चार्ज क. यो ५६ बर्षको उमेरमा समेत मसँग विरोधी पार्टी र शक्तिसँग भिड्ने सामर्थ अझै बाँकी छ । तर, म पार्टीमा छोराका उमेरका युवाहरुसँग पौठेजोरी खेलेर आत्मग्लानी पिउँदै बस्न सक्ने अवस्थामा चाहिं छैन । यस्तो कार्य मेरो उमेर, अनुभव र नैतिकताले समेत दिनेछैन । इन्चार्ज क. म पार्टी र संगठनले लिएका नीति र निर्देशनभन्दा टाढा रहने छैन । पार्टी र खेलकुदको विकासकालागी आवश्यक प्रत्यक्ष–परोक्ष सहयोगकालागी म सधैं तयार रहने प्रतिज्ञा गर्दै महासंघको अध्यक्ष पदवाट मैले दिएको राजिनामा स्वीकृतीकालागी सम्वन्धित कमिटीमा दर्ता गराई सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।
धन्यबाद ।

युवराज लामा
अध्यक्ष, अखिल नेपाल खेलकुद महासंघ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice