bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/24987 ) ) )

देउवाजी तुलसीलाल र हर्षनारायणलाई फिर्ता बोलाउने को हो ?

काठमाडौं, २९ बैशाख । भारतका लागि नेपाली राजदूत फिर्ता बोलाउने सरकारी निर्णयको चर्काे विरोधमा छन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तर देउवा प्रधानमन्त्री हुँदा २ देशका राजदुतलाई एक पटक फिर्ता बोलाएका थिए । २० वर्ष अगाडि आफैले गरेको गभ्भीर गल्ती भुलेर देउवा दीपकुमार उपाध्यायको पक्षमा उभिएका छन् ।

मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१ सालमा नियुक्त भएका चीन र भारतका दुई राजदुतलाई देउवाले विना कारण फिर्ता वोलाएका थिए । देउवा पहिलो पटक प्रधानमन्त्री निर्वाचित हुँदा एउटै निर्णयबाट दुई देशका राजदुत फिर्ता वोलाएका थिए । ०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा चीनका लागि तत्कालीन नेपाली राजदूत तुलसीलाल अमात्य र भारतका लागि नेपाली राजदूत हर्षनारायण धौभडेललाई फिर्ता बोलाएका थिए ।
दुबै राजदुत एक वर्ष अगाडि मात्रै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा नियुक्त भएका थिए । राजदूत फिर्ता हुने स्थिति नआउनु राम्रो हो तर, राजदूतले आफ्नो कुटनीतिक आचरण भित्र रहेर काम नगर्दा यस्तो अवस्था बारम्बार दोहोरिने गरेको छ ।
परराष्ट्र र कुटनीतिक क्षेत्रका जानकारहरुका अनुसार भारतका लागि नियुक्त भएका नेपालका राजदुतहरुमा सधै समस्या देखिने गरेको छ । ०४८ सालपछि भारतका लागि नियुक्त कुनै पनि नेपाली राजदूतले आफ्नो कार्यकाल पूरा गर्न पाएका छैनन् ।
गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा ०४८ साल भारतका लागि राजदूत बिन्देश्वरी साहलाई फिर्ता बोलाएका थिए । भने ०५१ सालमा चीनका लागि राजदूत नियुक्त भएका तुलसीलाल अमात्य र भारतका लागि राजदूत नियुक्त भएका हर्षनारायण धौभडेललाई शेरबहादुर देउवाले फिर्ता बोलाएको थिए ।
सूर्यबहादुर थापाको सरकारले ०५३ सालमा बराल, गिरिजाप्रसाद कोइराला सरकारले ,६४ सालमा कर्णध्वज अधिकारी,०६५ मा पुष्पकमल दाहाल सरकारले दुर्गेशमान सिंह र ०६८ सालमा झलनाथ खनालको सरकारले भारतका लागि नेपाली राजदूत रुक्मशमशेर राणालाई फिर्ता बोलाएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice