चोट खाएपछि देउवाले मुख खोले प्रचण्ड ‘अन्तराष्ट्रिय फटाहा’

नीति तथा कार्यक्रम रोकेर सरकार ढाल्ने खेलमा लागेर चर्काे आलोचना भोगेको शेरबहादुर देउवा अचेल कता ‘गुप्तवास’ बसेका छन ? सरकार ढाल्ने खेलमा असफलता हात पारेसँगै चर्काे आलोचना भोगिरहेका देउवाले आफूमाथि लागेको आरोपको खण्डन कसरी गर्दा हुन ? पार्टी बाहिर मात्र होइन, पार्टी भित्रै पनि चर्काे आलोचना खेप्न बाध्य सभापति देउवा माथि महत्वपूर्ण विषयमा पार्टीमा छलफल समेत नगरी जनताको नजरमा ‘गिर्ने’ काम भएको भन्दै कांग्रेसका केन्द्रीय नेताहरु, सांसददेखि तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पनि देउवामाथि प्रश्न उठाउन थालेका छन । संसदीय दलको बैठकदेखि आफ्नो निवासमा आएका नेता तथा कार्यकर्ताहरुलाई पनि देउवाले स्पष्टीकरण दिइरहनुपरेको छ । यसैक्रममा देउवाले सवै सहमति भइसकेपछि अन्तिममा धोका दिने ‘प्रचण्ड अन्तराष्ट्रिय फटाह’ र आलोपालो एमाले र एमाओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै ओली नेतृत्वको सरकारलाई ‘म्यादी सरकारको के कुरा गर्नु !’ भन्ने गरेका छन् । यता,काग्रेस सभत्रै देउवा पक्षको चर्काे आलोचना हुन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मात्र त्यस्तो आरोप लगाउने गरेको विश्लेषण पनि हुने गरेको छ । तर देउवाका अत्यन्त निकट मानिने बाहेक अन्य कांग्रेसीहरुले समेत पछिल्लो कदमको खुलेर विरोध गर्ने गरेको कांग्रेसका एक जना केन्द्रीय सदस्य बताउँछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice