दिल्लीमा यसरी बनेको रहेछ, ओली सरकार गिराउने खतरनाक ‘प्लान’

नेपालमा भारतीयहरुले कसरी खेल्छन र अस्थिरता चाहन्छन भन्ने बुझ्न अब टाढा गइरहन परेन । राष्ट्रियताको चर्काे नारा अलाप्ने एमाओवादीले २ वर्षसम्म ओलीलाई साथ दिने पूर्व सहमति सहजै किन तोड्यो होला ? घटनाक्रम बुझ्न पछिल्ला केही राजनीतिक दृश्य हेरे काफी हुन्छ ।
एमाओवादीलाई समेत पछिल्लो समय भारतले ‘गोटी’ बनाएर सरकार ढाल्ने खेल सुरु गरेको छ । पूर्व प्लान अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीको उपचारको बाहानामा भारत गएका थिए । सोही समय देखि ओली नेतृत्वको सरकार गिराउने खिचडी दिल्लीमा पाकिरहेको खबर सनसनीपूर्ण भइसकेको थियो । यता,एकथरी बोल्ने तर व्यवहारमा अर्कै थरी गर्ने भनि चिनिएका देउवा सरकार गिराउने खेलमा नलाग्ने दाबी गरिरहेकै थिए ।
केपी ओली नेतृत्वको सरकारलाई कुनै पनि हालतमा बजेट प्रस्तुत गर्नै नदिने पक्षमा भारतीय संस्थापन पक्ष र एजेन्सीका अधिकारीहरु रहेका थिए । ओली सरकारले मनमोहन अधिकारीको ९ महिने सरकारकै पालमा झै ‘पपुलिष्ट’ वजेट ल्याउन सक्ने माओवादीमा त्रास विद्यमान थियो । यता,ओलीले चीन भ्रमणको क्रममा गरेका पारवहन लगायतका महत्वपूर्ण सम्झौताहरुका कारण भारत चिढिएको छ । ओलीलाई बजेट प्रस्तुत गर्न दिए ती सम्झौताहरु कार्यान्वयन सहज हुने किसिमको बजेट तथा कार्यक्रम आउने भारतीय पक्षको बुझाई छ । यही बुझाईका कारण भारतले ओलीको चीन भ्रमणदेखि नै यो सरकार गिराउने खेल सुरु गरेको थियो ।
को को भए प्रयोग ?
सो क्रममा भारतले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष प्रचण्ड, अर्का नेता कृष्णबहादुर महरा, कांग्रेस नेता खूमबहादुर खड्कादेखि पूर्व राजा ज्ञानेन्द्रसम्मलाई प्रयोग गर्यो । भारतले स्पष्ट रुपमा मंगलबारबाट नेपालमा सुरु भएको संसद अधिवेशनमा बजेट प्रस्तुत हुनै नदिने र त्यसअघि नै नयाँ सरकार गठन गर्ने रणनीति लिएको स्रोतको भनाई छ । यही रणनीतिमा प्रचण्ड र देउवा प्रयोग हुँदा ‘पपुलिष्ट बजेट’को तयारीमा रहेको सरकार गिर्ने निश्चित देखिएको हो ।
किन भयो अकस्मात संसद स्थगन ?
यसैको पूर्व संकेत मात्र थियो,मंगलवार देखि चल्ने भनिएको संसद अधिवेशन सुरु हुन नपाई स्थगन हुनु । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डका तिव्र दवावमा सभामुख ओनसारी घर्तीले (हिजो) मंगलवारबाट सुरु हुने भनिएको संसद स्थगन भएको हो ।
सत्ता फेर्ने प्रचण्ड आतुर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै सरकारको नेतृत्व लिने तुरुप प्रचण्डतर्फ फाकेपछि प्रचण्ड सरकारको नेतृत्व गर्न आतुर देखिएका हुन् । रातारात बनेको नयाँ डिजाइनले मूर्त रुप पाउँदै गर्दा प्रचण्ड नै अबको प्रधानमन्त्री हुने संभावना बलियो छ ।
के चाहन्छ भारत ?
स्रोतका अनुसार कांग्रेस र एमाओवादीको काँधमा बन्दूक राखेर हिन्दू राष्ट्र कायम गराउने भारतको स्वार्थ समेत छ । हिन्दू राष्ट्र कायम गराउने र त्यसैको आडमा ‘बेबी किङ’मा जाने भित्री रणनीति रहेको स्रोतहरुको दाबी छ । यही योजनाअनुसार नै महरा र देउवा भारत भ्रमणबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्रलाई आकस्मिक रुपमा भारतबाट बोलावट भएको थियो । स्रोतहरुका अनुसार वर्तमान सरकार गिराउने खेलबाट सुरु भएको भारतीय रणनीति हिन्दूराष्ट हुँदै बेबी किङसम्म पुगेर सफल हुने योजना बुनिएको छ ।

11 Comments
  1. Eydi Sachi yo Bharat ko isarara maobadi pani sanchalit ho vane Nepali jantale bijnu parne abashtha aako cha ,Congress ta Bharat ko dalal nai ho aba aaune chunab ma uml le clean absolutely mesiriy launu parcha ,laucha pani yo mero bujhai ho

  2. बास्तबिकता यो छकि काँग्रेस प्रस्तभै बनाइएको सरकार र कम्रेड प्रचण्डको नेतृत्वको सरकारको गठबन्धन पनि ठोकुवा लगाउनै सकिन्छ बढीमा ८ महिना , देश र जनताको बारेमा सोच्ने नेताहरूको बस्तबमा भन्नुपर्दा हाम्रो देश नेपालमा खडेरीनै रहेछ भन्दा त्यती फरक नपर्ला ! कार्यगत प्रक्रियामा फरक परे छलफल र बहसबाट टुङग्याउन सकिन्थ्यो तर २ हर्षे प्रतिबद्धतालाइ लत्याइ कुर्ची र पदको लागी काँग्रेस संगको सहकार्य कं प्रचण्डको राजनैतिक पतनको बाटो हो । साथै यसको पस्चाताप राजनीतिक यात्रामा पलपल हुनेछ र जनता धेरै सचेत भैसकेका छन र तिमीहरूको मूल्याङन पनि गर्नसक्ने भएका छन चेतना भया !

  3. Development is never the agenda of political parties otherwise why so frequent changes in government. If popular budget comes, it is the best thing for Nepal,s development. Why should this popular budget cause headache to other political parties. In previous 9 months CPN UML led government much popular works took place in Nepal.Therefore other political parties are worried in such a way that if CPNUML’s government brings budget, that becomes very popular in Nepal and this may establish stability in government. This CPNUML led government may continue for decades. This is the greatest tension to other political parties. This has worried them not the development and poverty alleviation from this soil.

  4. वास्तविकता नेपाललाई भारतले गुलाम वनाउने नेपालका नदिनालाहरुलाई उपभाेगगर्नु हिन्दुराज्य वनाउन भाजपाकाे रणनिती सफल वनाउने नै रहेकाे स्पष्ट देखिन्छ।

  5. संसद बिघटन गर्नु वर्तमान संक्रमण काल अन्त्य गर्ने राम्रो उपाय हो ।
    अब आम निर्वाचन गर्दा ६ सय १ जनाको भेडी गोठको आर्थिक भार पनि बहन गर्नपर्दैन र मतदाताले राष्ट्रघाती नेताहरुलाई साईजमा ल्याइउन सजिलो हुन्छ ।

  6. अहिले सबै राजनैतिक पार्टीहरुलाई नेपाली जनताले अन्तिम मौका दिएका छन् भन्ने कुरा भुल्न हुदैन | यो समय भनेको संबिधान कार्यन्वयन र भारतीय विस्तारवादको बिरुद्दमा देशमा उपलब्ध नया सम्भावनाहरुलाई पहिचान गर्ने र छिटो भन्दा छिटो मुर्त रुप दिने हो | देउवा भनेको भारत को छोरो हो भन्ने कुरा देउवा स्वयम ले बोलेका छन् | यति कुरा बुझ्दा भुझ्दै पनि प्रचण्डजी ले देउवाकै कुरा स्वीकारेर वर्तमान सरकार ढाल्ने काम गर्नु हुन्छ भने अब आउने निर्वाचनमा जनताले गर्ने फैसलाको प्रतिक्षा गर्दै बसे हुन्छ | गएको निर्वाचनमा पहिलो ठुलो पार्टी बाट ओर्हालेर तेस्रो दर्जामा मावोवादिलाई राखेको नेपाली जनताले नै हो | अहिले प्रचण्डजी को सकारात्मक र सहयोगात्मक कदमको समिक्षा जनताले गरिराखेका थिए| हुन सक्छ प्रचण्डजीको यो कदमले आउने निर्वाचन मा फेरी प्रचण्डजी को पार्टीलाई जनताले यो अवस्था भन्दा माथी उठाउने छन् कि ??? तर होइन देउवाकै पछि लाग्ने हो भने ” भिरमा जाने गाईलाई राम राम बोल्ने हो काँध दिन सकिदैन ” भन्ने नेपाली उखान चरितार्थ हुन सक्छ | भारतीय नाकाबन्दी र मधेस आन्दोलनको पिडा नेपाली जनताले चुपचाप सहनुको अर्थ बर्तमान सरकारले उठाएका हरेक कदमको मौन समर्थन मात्र नभएर परि आएको बेलामा यो सरकारले उठाएका कदमलाई लक्ष्यमा पुर्याउन जस्तो सुकै बलिदान दिन पनि तत्पर हुनुको संकेत थियो | दुरदर्शी राजनैतिक नेताले जनताको मन छाम्न र छुन सक्नु पर्छ | तर प्रचण्डजी दुरदर्शी भन्दा पनि महत्वाकांक्षी देखिनुभएको छ |किनकि प्रचण्डजी आफैले बोलेका कुराको बिरुद्द आफै जादै हुनु हुन्छ | उनको यस्तो चरित्रले जनतामा उनको नाटक छर्लंग हुनेछ र उनको पार्टीलाई अब चौथो ठुलो राजनैतिक पार्टीको को स्थान मा जनताले लैजाने छन् | तेस्रो को लागि आशा नगर्नु राम्रो , किनकि तेस्रो मा नेपाली कांग्रेस लाई जनताले पुर्याउने छन् |

  7. But what will happen to Oli’s dream and vision to end loadshedding within one year/ Cooking gas pipeline in every household / Railway network within and outside Kathmandu. Anyway, MAKUNE and JHALE must be enjoying Oli’s downfall and exit. Go for additional peg of drink both the comrades.

  8. Nepalma gadatntra lyaunele bebi king kasari manxa.bekarka kura kina sojo nepalailai bharamma parna khojeko.

  9. कांग्रेसले ६ महिना सम्म सरकारलाई विना अबराेध काम गर्न दिदा पनि अाफ्नाे स्वार्थमा बाहेक राष्ट्र र जनताकाे पक्षमा काम गर्न नसक्ने एमालेको अाेलि पक्षकाे राेदन र घुर्किकाे अब कुनै अर्थ छैन । कांग्रेससंग वाम घुर्कि र वामपन्थीहरुसंग लाेकतन्त्र पक्षिय घुर्किमा अडेकाे एमाले सिद्धान्त हिन स्वार्थि ब्यक्तिहरुकाे गुजुल्टाे हाे भन्ने कुरा दुनियाँलाई थाहा भै सकेकाे छ । absolute majority त अाकासकाे फल हाे ।

  10. अब हामीले पनि १९५० देखि सन्धिलाई खारेज गर्दै नेपालबाट कुलेसो बाँध बनाइ लगेको पानीहरु सबै भत्काइ दिनु पर्छ र भारतलाई घुडा टेकाउनु पर्छ, कालापानीबाट भारतीय सैनिकलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेर भए पनि फिर्ता पठाई हाम्रो नेपाली भूमी लिनु पर्छ ? केपी जस्तै बहादुर नेपाली नेता चाहियो ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice